ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ने"/>

२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समृद्ध नेपालका लागि शैक्षिक जनशक्ति उत्पादनमा प्राथमिकता: प्रधानमन्त्री

२०७५, १६ जेष्ठ बुधबार १०:२३

जेठ १६ काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रले समृद्ध नेपाल निर्माणका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभएको छ । 


नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “आधुनिक, रोजगारमूलक, आत्मनिर्भर, व्यावहारिक र समाजोपयोगी शिक्षाका लागि सरकारले प्राथमिकता दिएको छ ।” 

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, “स्नातक उत्तीर्ण गरेको छ तर केही गर्न सक्दैन, त्यस्तो हुनुहुँदैन, शिक्षाले त्यस्तो जनशक्ति निर्माण गरोस्, जसले समृद्ध नेपाल निर्माणमा योगदान दिन सकोस्, विद्यार्थीको चाहनाअनुसारको शिक्षा नदिएमा ऊ सफल हुँदैन, विद्यार्थी सफल नभए समृद्ध नेपाल बन्दैन ।” 


उहाँले सरकारमा रहने र नरहने सबै दल एकजुट भएर राष्ट्र निर्माणका लागि अघि बढ्नुपर्नेमा जोड दिँदै सरकारको बजेट ‘हावादारी’ नभई यथार्थमा आधारित रहेको बताउनुभयो । 

शिक्षकका परीक्षा चाँडै 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले स्थगित भएको अस्थायी शिक्षकको आन्तरिक परीक्षा चाँडै लिइने र त्यससँगै खुल्ला परीक्षा पनि लिइने जानकारी दिनुभयो । 

शिक्षा ऐन, २०२८ लाई विस्थापन गरी सबैसँग परामर्श गरेर संघीय शिक्षा ऐन तथा अनिवार्य शिक्षा ऐन ल्याउने बताउँदै उहाँले शिक्षाको बजेट क्रमशः बढ्दो क्रममा रहेको र उच्च शिक्षालाई विशेष प्राथमिकता दिइएको तथा विद्यार्थी भर्ना अभियान सफल भएकाले अब टिकाउ, बिकाउ र सिकाइ अभियान सञ्चालन हुने बताउनुभयो । 

मन्त्री पोखरेलले उच्चस्तरीय शिक्षा आयोग पुनर्गठन गरिने र शिक्षकका लागि अलग्गै अस्पताल खोलिने जानकारी दिँदै आफूहरु शिक्षकको राजनीतिक अधिकार कटौती गर्ने पक्षमा नरहेको स्पष्ट गर्नुभयो । 

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्व शिक्षामन्त्री डा गंगालाल तुलाधारले प्राविधिक धार र प्रविधिको सहयोग लिएर शिक्षामा सुधार गर्न सकिने छ भन्नुभयो । 

संगठनका अध्यक्ष बाबुराम थापाले अस्थायी शिक्षकहरुको परीक्षा स्थगन गरिनु दुःखद भएकाले चाँडै परीक्षा लिन माग गर्नुभयो । 

कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशी, संस्थापक अध्यक्ष बद्रीप्रसाद खतिवडालगायतलाई सम्मान गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा