८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपाले भन्यो : विगतका बजेटहरुकै निरन्तरता र कर्मकाण्डी बजेट

१६ जेष्ठ २०७५, बुधबार १३:०२

जेठ १६,काठमाडौँ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारद्वारा संसदमा प्रस्तुत भएको आर्थिक वर्ष. ०७५/७६ बजेट विगतका बजेटहरुकै निरन्तरता र कर्मकाण्डी भएको जनाएको छ । पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारले बजेटको माध्यमबाट मुलुकलाई आर्थिक समृद्धिको दिशातर्फ उन्मुख भएको सकारात्मक सन्देश दिने अवसर गुमाएको जनाएको छ ।

बजेटले नेपाली जनताको आवश्यकता र अपेक्षालाई सम्बोधन गर्न नसकेको तथा कामकाजी, व्यवसायी, उद्योगी र आमजनतालाई ठोस राहत दिन नसकेको राप्रपाद्वारा जारी विज्ञप्तिमा उल्लेख  छ । बजेट सरकारले चुनावी घोषणापत्रमा गरेका वाचा र कबोलहरुलाई यस बजेटले पूर्णतः उपेक्षा गरेको साथैे नीजि क्षेत्रलाई आश्वस्त र वैदेशिक लगानीलाई आकर्षित गर्न तर्फ नसकेको राप्रपाले जनाएको छ । आर्थिक वृद्धिदरको लक्ष्य भरोसा योग्य नभएको भन्दै  राप्रपाले बजेटलाई बलियो सरकारले ल्याएको कमजोर बजेट भएको प्रतिक्रया दिएको छ । 

साथै राप्रपाले सशस्त्र द्वन्द्व कालमा कर्तव्य ज्यानमुद्धाको अभियोग लागी सर्वोच्च अदालतबाट अभियुक्त प्रमाणित भई सर्वश्व सहित आजीवन जन्मकैद सजाय पाएका बालकृष्ण ढुङ्गेललाई सरकारले गणतन्त्र दिवसका दिन गरेको रिहाई प्रति राप्रपा दुःख व्यक्त गरेको छ । सर्वोच्च अदालतको विगतको फैसला र सर्वोच्चमै विचाराधिन रहेको अवस्थामा उक्त रिहाई हुनुले कानुनी राज्यको उपहास गरेको राप्रपाले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा तनहुँ जिल्ला प्रशासन : तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट सुनको मूल्य हालसम्मकै उच्च यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड