2026-07-06 08:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपाले भन्यो : विगतका बजेटहरुकै निरन्तरता र कर्मकाण्डी बजेट

जेठ १६,काठमाडौँ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारद्वारा संसदमा प्रस्तुत भएको आर्थिक वर्ष. ०७५/७६ बजेट विगतका बजेटहरुकै निरन्तरता र कर्मकाण्डी भएको जनाएको छ । पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारले बजेटको माध्यमबाट मुलुकलाई आर्थिक समृद्धिको दिशातर्फ उन्मुख भएको सकारात्मक सन्देश दिने अवसर गुमाएको जनाएको छ ।

बजेटले नेपाली जनताको आवश्यकता र अपेक्षालाई सम्बोधन गर्न नसकेको तथा कामकाजी, व्यवसायी, उद्योगी र आमजनतालाई ठोस राहत दिन नसकेको राप्रपाद्वारा जारी विज्ञप्तिमा उल्लेख  छ । बजेट सरकारले चुनावी घोषणापत्रमा गरेका वाचा र कबोलहरुलाई यस बजेटले पूर्णतः उपेक्षा गरेको साथैे नीजि क्षेत्रलाई आश्वस्त र वैदेशिक लगानीलाई आकर्षित गर्न तर्फ नसकेको राप्रपाले जनाएको छ । आर्थिक वृद्धिदरको लक्ष्य भरोसा योग्य नभएको भन्दै  राप्रपाले बजेटलाई बलियो सरकारले ल्याएको कमजोर बजेट भएको प्रतिक्रया दिएको छ । 

साथै राप्रपाले सशस्त्र द्वन्द्व कालमा कर्तव्य ज्यानमुद्धाको अभियोग लागी सर्वोच्च अदालतबाट अभियुक्त प्रमाणित भई सर्वश्व सहित आजीवन जन्मकैद सजाय पाएका बालकृष्ण ढुङ्गेललाई सरकारले गणतन्त्र दिवसका दिन गरेको रिहाई प्रति राप्रपा दुःख व्यक्त गरेको छ । सर्वोच्च अदालतको विगतको फैसला र सर्वोच्चमै विचाराधिन रहेको अवस्थामा उक्त रिहाई हुनुले कानुनी राज्यको उपहास गरेको राप्रपाले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै