संघको हालै सम्पन्न चौं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

संघको हालै सम्पन्न चौं"/>

2026-07-26 06:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा कार्की निर्वाचित

जेठ १७ काठमाडौँ  | राष्ट्रिय संगीतकर्मी संघले राजेन्द्रकुमार कार्कीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । 

संघको हालै सम्पन्न चौंथो महाधिवेशनले उपाध्यक्षमा नमराज ढुंगाना, प्रकाश कटुवाल, अमृत खाती, श्यामसुन्दर धिताल, उमा श्रेष्ठ र रमेश दुलाललाई निर्वाचित गरेको हो । 

संघद्वारा आज आयोजित कार्यक्रममा यही जेठ १३ गते सम्पन्न महाधिवेशनले निर्वाचित गरेको नयाँ कार्यसमितिकाबारे जानकारी गराइएको हो । 

महासचिवमा विजक्रमजंग शाह, उपमहासचिवमा गोविन्द दुलाल, प्रवक्ता होमराज सुवेदी, सचिव शर्मिला श्रेष्ठ र जीवन परियार हुनुहुन्छ । त्यस्तै सहसचिवमा श्रीकृष्ण दाहाल, कोषाध्यक्षमा मिलन श्रेष्ठ, सहकोषाध्यक्ष सूर्य श्रेष्ठ निर्वाचित हुनुभएको छ । 

सदस्यमा सिर्जु अधिकारी, रिना थापा, एलिना रायमाझी र आशा लामा हुनुहुन्छ । त्यसैगरी सातै प्रदेशमा स्थानीय कलाकारको खोजी गर्ने उद्देश्यले संयोजक तोकिएको छ । 

प्रदेश नं १ शिवप्रसाद घिमिरे, २ मा निर कँडेल, ३ मा दीपक रिमाल, ४ मा विनोद ढकाल, ५ थानेश्वर अधिकारी, कर्णाली प्रदेशमा पदमबहादुर रोकाय र प्रदेश नं ७ मा अर्जुन सोनामलाई जिम्मेवारी दिइएको छ । 

संघका नवनिर्वाचित अध्यक्ष कार्कीले पछिल्लो समय विकास भएका प्रविधिका कारण कलाकारको सिर्जना चोरी हुने क्रम बढ्दै गएकाले उनीहरुलाई सामाजिक न्याय उपलब्ध गराउन सरोकार पक्षसँग समन्वय र सहकार्य गर्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ