२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खेलाडीको स्वास्थ्य तथा दुर्घटना बीमा हुन्छ: मन्त्री सुनुवार

२०७५, १७ जेष्ठ बिहीबार ०७:२८

जेठ १७ काठमाडौँ | युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनुवार (विश्वकर्मा)ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पुर्याउने खेलाडीका लागि स्वास्थ्य तथा दुर्घटना बीमाको व्यवस्था गर्ने बताउनुभएको छ । 


युवा तथा खेलकूद मन्त्रालयमा आज आयोजित सय दिनभित्र मन्त्रालयले गरेको कार्य योजनाको प्रगति विवरण सार्वजनिक गर्दै उहाँले देशको लागि खेल्ने क्रममा घाइते हुने खेलाडीको लागि यसपटकदेखि दुर्घटना बीमाको व्यवस्था गर्ने बताउनुभयो । 

मन्त्री सुनुवारले तेह्रौ दक्षिण एसियाली खेलकूद प्रतियोगिता आयोजनाको लागि आवश्यक पूर्वाधार निर्माण तथा स्तरोन्नतिको लागि तयारी भइरहेको जानकारी दिनुभयो । 

एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने खेल संख्या र खेलाडीको संख्या निर्धारणका लागि मन्त्रालयबाट गठित कार्यदलले कार्य सम्पन्न गरेको भन्दै मन्त्री सुनुवारले स्वर्णपदक विजेतालाई मासिक रु पाँच हजार तथा ओलम्पियन खेलाडीलाई मासिक रु तीन हजार सम्मान भत्तास्वरुप प्रदान गर्ने बताउनुभयो । 

उहाँले खेलकूद क्षेत्रको विकास तथा विस्तारका लागि निजी क्षेत्रसँग पनि सहकार्य गरेर अघि बढ्ने भनाइ व्यक्त गर्नुभयो । 

त्यस्तै राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले आगामी १० महिनाभित्र दशरथ रंगशाला एवं पोखरा रंगशालाको निर्माणकार्य सम्पन गरिने भन्दै सोही महिनाभित्र नेपालमा नै आयोजना हुने तेर्हौ दक्षिण एसियाली खेलकूद प्रतियोगिताको सबै तयारी पूरा गर्ने बताउनुभयो । 

उहाँले आगामी तीन वर्षभित्र ५० हजार क्षमता भएको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण कार्यलाई अगाडि बनाउने योजना भएको बताउनुभयो । मन्त्रालयले सय दिनभित्र विभिन्न किसिमका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना, अखिल नेपाल फुटबल संघको निर्वाचन सम्पनलगायतको कार्यक्रम सम्पन्न गरेको मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिनुभयो । 

उहाँका अनुसार बाह्रवर्षे खेलकूद गुरुयोजनाको मस्यौदा तयार भएको, खेल प्रशिक्षक नभएको जिल्लामा ३९ जना प्रशिक्षकलाई परिचालन गरिएको, नेपाल खेलकूद विज्ञान प्रतिष्ठानबाट स्पोर्टस युनिभर्सिटी स्थापनाको अवधारणापत्र तयार भइरहेको छ । 

त्यस्तै कार्यक्रममा युथ भिजन २०२५ को कार्यान्वयन कार्ययोजना तर्जुमा भएको, ७२ जिल्लामा १४६ वटा युवा उद्यम कार्यक्रम सञ्चालन गर्नको लागि प्राप्त प्रस्ताव स्वीकृत भई सम्बन्धित जिल्ला युवा समितिको कार्यालयमा सम्झौताको लागि पठाइएको, राष्ट्रिय अपांगता भएका व्यक्तिसँग कोषको सम्झौता भई १८७ जना अपांगता भएका युवालाई सहयोग सामग्री वितरण गरिएकोलगायतको कार्यक्रम गरिएको जानकारी दिइयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा