जेठ १९ , काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा चढेको मनोबलले अन्य साहसी काम गर्नुपर्ने बताउनुभएको छ ।

 केही समय अघि सगरमाथा आरोहण गरेका महिला पत्रकारलाई सम्मान गर्न प्रधानमन्त्री निवास बालुवाट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  जेठ १९ , काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा चढेको मनोबलले अन्य साहसी काम गर्नुपर्ने बताउनुभएको छ ।

 केही समय अघि सगरमाथा आरोहण गरेका महिला पत्रकारलाई सम्मान गर्न प्रधानमन्त्री निवास बालुवाट"/>

2026-09-08 01:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सगरमाथा चढेको मनोबलले अन्य साहसी काम गर्न प्रधानमन्त्री ओलीको सुझाव

 जेठ १९ , काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा चढेको मनोबलले अन्य साहसी काम गर्नुपर्ने बताउनुभएको छ ।

 केही समय अघि सगरमाथा आरोहण गरेका महिला पत्रकारलाई सम्मान गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

“एक पटक आरोहण गरेपछि पटक पटक सगरमाथा आरोहण नगरे पनि हुन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “सगरमाथा चढेको मनोबलले अन्य साहसी काम गर्नु राम्रो हुन्छ ।”

 प्रधानमन्त्री ओलीले हिमाल आरोहणमा कहिले पनि लापरवाही गर्नु नहुने बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो “हिमाल आरोहणलाई मजाकको बिषय बनाउनु हुदैन । स्वास्थ्यले साथ नदिए वा बढ्ता जोखिम मोलेर जानु हुदैन । स्वास्थ्य ठिक भएपछि वा जोखिम घटेपछि पुन आरोहणको प्रयास गर्नुपर्दछ । सफलता पाइन्छ । ”

 आफूलाई पनि सगरमाथा आरोहणको रहर भएपनि युवा अवस्थामा राजनीति गर्दा भूमिगत बस्नु परेको र त्यसपछि १४ बर्षसम्म जेल बस्नु परेकोले त्यो अवशर नपाएको प्रधानमन्त्री ओलीले बताउनुभयो । “मलाई पनि सगरमाथा चढ्ने इच्छा थियो” प्रधानमन्त्री ओलीले भन्नुभयो “भूमिगत जीवन,जेल जीवनले पाइन । जब जेलबाट छुटे पछि कमजोर स्वास्थ्यले दिएन ।”

सगरमाथा आरोहण गर्ने पाँच महिला पत्रकारको सम्मानमा प्रथम महिला श्रीमती राधिका शाक्यले कार्यक्रम आयोजना गर्नुभएको थियो । सफल आरोही पत्रकार रोजिता बुद्धाचार्य,रोसा बस्नेत,देउराली चाम्लिङ,कल्पना महर्जन,प्रियालक्ष्मी कार्की हुनुहुन्छ । कार्की स्वास्थ्यको कारणले ७ हजार मिटरबाट फर्कनु भएको थियो । 

आरोहीहरुलाई प्रधानमन्त्री ओली,प्रथम महिला राधिका शाक्यले सम्मान गर्नुभएको थियो । यसैगरी उपप्रधान एवं रक्षा मन्त्री इश्वर पोख्रेल सुचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का महासचिब बिष्णु पौडेलले सम्मान गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल