Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

धादिङमा व्यावसायिक रुपमा क्यानोनिङ शुरु

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ १९, मलेखु | धादिङको थाक्रे गाउँपालिका–४ स्थित रानीझरनामा शनिबारदेखि व्यावसायिक रुपमा छाँगावरोहण (क्यानोनिङ) शुरु भएको छ ।

नेपाल क्यानोनिङ एसोसियसनले थाक्रे गाउँपालिकाको सहयोगमा रानीझरना क्षेत्रको पूर्वाधारको सुधार गरी व्यावसायिक शुरुआत गरेको र पर्यटकीय क्षेत्रको विकासमा गाउँपालिका लागि परेको गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले बताउनुभयो ।

शनिबार रानीझरना क्षेत्रमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्प कँडेलले झनावरोहणको उद्घाटन गर्दै पर्यटन विकासको सम्भावना भएका समृद्ध नेपालका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

पृथ्वी राजमार्गको महादेवबेँसीबाट चार किलोमिटर दक्षिणतर्फ कच्ची सडकमार्ग प्रयोग गरी सडकबाट खोलामा पाँच मिनेट खोलामा झरेपछि रानीभरना पुग्न सकिने भएकाले राजधानीबाट छोटो दूरीमै प्रकृतिको मज्जा लिन सकिने रानीबारी निवासी पत्रकार रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

रानीझर्ना क्षेत्रमा शनिबारबाट २१ जनालाई झर्नावरोहणका लागि आधारभूत तालीमसमेत शुरु गरिएको छ । रानीझर्नामा जेठ २६ र २७ गते छाँगावरोहण महोत्सव आयोजना गरिने तयारी गरिएको नेपाल क्योनोनिङ एसोसिएसनका संस्थापक अध्यक्ष कर्ण थापाले बताउनुभयो । रासस