2026-09-19 01:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नरेन्द्र सिंहको ‘मोबाइल अफ हुन्छ’ गीत सार्वजनिक (भिडियो सहित)

प्रज्वल पौडेल/जेठ २१ काठमाण्डौ | नेपाली सष्टा तथा सर्जकहरुले समायानुकुल विभिन्न गीतसंगीत निरन्तर रुपमा बजारमा ल्याउने गरेका छन् । 

यो सँगै नेपाली लोक तथा दोहोरी गीत ग्रामीण भेगमा अझ चर्चाको विषय बन्ने गरेको छ । यसैबीचमा नरेन्द्र सिंह ‘टमाटा’को “मोवाईल अफ हुन्छ” गीत बोलको गीत बजारमा आएको छ । लय तथा शब्द संकलनमा मायुर मानिएका रामेछापका युवा कलाकार युनिक भोजराजले यस गीतमा पनि निकै मेहनत गरेका छन् । गायक नरेन्द्र सिंह र गायिका रमिला गदाइलीको सुमधुर आवाजमा रेकर्डिङ गरिएको लोकदोहोरी गीत  ’मोबाइल अफ हुन्छ’ युटुवमार्फत आइतबारबाट बजारमा आएको छ ।

प्रेममा आधारित गीतको शब्द संकलन तथा लय सिर्जना नरेन्द्र सिंह टमाटा र युनिक भोजराज विकको रहेको छ ।

पछिल्लो समय फेशबुक लगाएत सामाजिक संजालमा धेरै मान्छे बस्न थालेको प्रति लक्षित गर्दै मोबाइल अफ हुदाँ र  अनलाइनमा नबोल्दा हुने घटनालाई लक्षित गरि शब्द संकलन गरिएको युनिक भोजराज विकले बताए । उनले संचारको साधन भएरपनि सम्पर्क विहिन हुदाँको प्रेम, पीडा र शंकालाई गीत मार्फत सम्प्रेषण गर्न खोजिएको बताए ।

 गीतको म्युजिक भिडियोलाई कपिल लामाले निर्देशन गरेका छन् । ‘गीतको भिडियोलाई सुरेश श्रेष्ठले छायाँकन गरेका हुन भने सम्पादन दीपक विष्टले गरेका छन । भिडियोमा सारिका केसी र इन्द्र श्रेष्ठको अभिनय रहेको छ ।

त्रिसना म्युजिक प्रालीबाट अडियो भिडियो निर्माण भई म्यजिक नेपालको युट्युब च्यानलबाट उक्त गीत सार्बजनिक गरिएको हो ।

गायिका:- काँ छौ सानू केही खबर पा छैन

              धेरै भयो तिम्रो फोन आ छैन ।

गायक:- कि त तिम्ले सिम फेर्यौ सानू

            किन बन्न खोज्दैछौ विरानो

मैले फोन गर्दा तिम्रो मोबाइल अफ हुन्छ, अनलाइन भेट्दा बोल्दिनौ ए सानू , मलाई छाडी कोसँग गफ हुन्छ !!

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई