३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुकमा लाइक, कमेन्ट बढाउन चाहनुहुन्छ ? यसो गर्नुस्

२१ जेष्ठ २०७५, सोमबार १०:१२

टिप्स:-फेसबुकमा लाइक पाउन जसलाई पनि मन लाग्छ । मानिसहरुलाई आफ्नो फेसबुकमा धेरै भन्दा धेरै लाइक आओस भन्ने चाहना हुन्छ । फेसबुकमा लाइक बढाउन चाहनु हुन्छ भने यी कुरा नभुल्नुस्ः

१ फेसबुकमा कुनै पनि पोष्ट गर्दा सँधै विचार गर्नुस् कि तपाइँका अधिकतम साथीहरु अनलाइन छन् । त्यसो भएमा तत्काल लाइक आउने सम्भावना बढी हुन्छ । अधिकाँश मानिस रातिको समयमा अनलाइन हुन्छन् । यो समयमा पोष्ट गर्दा लाइक पाउने सम्भावना बढी हुन्छ ।

२ साथीहरुलाई अनावश्यक तस्विर वा पोष्टमा ट्याग नगर्नुस् । ट्याग गरेको सबैलाई मन पर्दैन । यसले तपाइँलाई लाइक बढाउने भन्दा पनि घटाउने खतरा हुन्छ ।

३ कुनै पनि पोष्ट गरेको आधा घण्टासम्म पनि खासै लाइक आएन भने बुझ्नुस् तपाइँको पोष्ट धेरैले देखेनन् । यस्तो पोष्टलाई डिलिट गर्नुस् र फेरि हाल्नुस् ।

४ ध्यान राख्नुस् हरेक समय केही न केही फेसबुकमा पोष्ट गरिरहने बानी राम्रो होइन । यसो गर्दा अरुले सस्तो मान्ने हुन्छ । सके सम्म केही समय ग्याप गरेर मात्र पोष्ट गर्ने बानी बसाल्नुस् ।

५ कहिले काँहि लाइक बढाउनका लागि साथीभाइलाई पुराना पोष्टमा लाइक गर्न लगाउन सकिन्छ । यसले गर्दा तपाइँको पोष्ट नयाँ जस्तै अरुको वालमा पुगेर लाइक पाउन सकिन्छ ।

६ धेरै भन्दा धेरै मानिसलाई इङ्गेज गर्नका लागि फेसबुकमा सबैको चासो भएको विषयमा प्रश्न सोध्न पनि सकिन्छ । ताकि धेरै भन्दा धेरै मानिसले तपाइँको प्रश्नको जवाफ दिउन् । यसो गर्दा तपाइँको पोष्टमा लाइक बढ्ने सम्भावना पनि हुन्छ ।

७ कहिले काँही सेलिब्रेटीका तस्विर वा आफूले सेलिब्रेटीसँग लिएका तस्विर राखेर पनि लाइक पाउन सकिन्छ । यसले मानिसहरुलाई आकर्षित गर्छ ।

८ मानिसहरुको ध्यान तान्न अरुका स्टेटस वा तस्विरलाई पनि शेयर गर्न सकिन्छ । अन्य पोष्टमा पनि लाइक आउने सम्भावना बढी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता