२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

रोल्पामा स्थानीयले विकास चाहिँदैन भनेपछि करोडौँ बजेट फिर्ता

२२ जेष्ठ २०७५, मंगलवार ०४:३६

उमा केसी | जेठ २२, रोल्पा | स्थानीयबीचको वैमनश्यताका कारण रोल्पाको लुंग्री गाउँपालिका–६, गुम्चालको विकास गतिविधि ठप्प भएको छ । 

विकासमा पछाडि परेको भन्दै गाउँपालिकाले विशेष प्राथमिकताका साथ बजेट विनियोजन गरे पनि आपसी वैमनश्यताका कारण साविक गुम्चाल गाविस वडा नं ७, ८ र ९ को विकास गतिविधि अगाडि बढ्न नसकेको हो । 

पानी मुहानको विषयबाट शुरु भएको विवादले हाल वडाका सबै विकास गतिविधिमा प्रभाव पारिरहेको स्थानीयले गुनासो गरेका छन । पानी मुहानको विवादका कारण २०६५ सालमा निर्माण गरिएको योजनासमेत बेवारिसे भएको छ । योजना अवरुद्ध हुँदा वडाका २०० बढी घरधुरी आधा घण्टा टाढाबाट पानी बोक्न बाध्य छन् । 

एक घर एक धाराको कार्यक्रमअन्तर्गत योजना सञ्चालन भए पनि विवादका कारण कुवाको पानी बोकेर खान बाध्य भएको स्थानीयले बताएका छन् । विवादका कारण पानी आपूर्तिको पाइपमा क्षति पुगेसँगै घरघरमा आएको पानी बन्द हुँदा गाग्रोमा पानी बोक्न बाध्य छाँै, स्थानीय एक महिलाले गुनासो गर्नुभयो । स्थानीयको विवादकै कारण सो गाउँमा यसपूर्व सिँचाइका लागी आएको करोडौँ बजेटसमेत फिर्ता भएको बताइएको छ ।

छ वर्षअघि विद्युत्को पोल गाडिएको भए पनि विवादकै कारण हालसम्म बत्ती बल्न सकेको छैन । गाउँपालिकाले मोटरबाटो निर्माणका लागि बजेट विनियोजन गरेको भएपनि आर्थिक वर्ष समाप्त हुन लाग्दासमेत निर्माणको टुंगो लाग्न नसकेको बताइन्छ । विवादका कारण आफूहरुलाई विकास नचाहिने भन्दै केही स्थानीयले सदरमुकाम पुगेर स्थानीय प्रशासनमा उजुरीसमेत गरेको बताइएको छ । 

आपसी विवादका कारण विद्यालय भवनसमेत मर्मत नभई जीर्ण अवस्थामा रहेको छ, एक स्थानीयले बताए । गाउँपलिकाका अन्य सबै वडामा सडक पुगेपनि आफूहरु भने अझै गाडी चढ्न आधा घण्टाभन्दा बढी पैदलयात्रा गर्न बाध्य भएको उनले गुनासो गरे । 

सामान्य कुरामा समेत विवाद गर्ने त्यहाँको विशेषता भएपनि पछिल्ला दिनमा राजनीतिक रङगसमेत मिसिएको छिमेकी वडावासीले बताएका छन् । 

विकासमा पछि परेको भन्दै गाउँपालिकाले अन्य वडाको तुलनामा सो वडामा बढी बजेट विनियोजन गरेको भएपनि विवादले काम अगाडि बढ्न नसकेको लुंग्री गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर खड्काले स्वीकार गर्नुभयो । विवाद मिलाउन आफूले पटकपटक प्रयास गरेको भएपनि अझै सहमति हुन नसक्दा बजेट फ्रिज हुने हो कि भन्ने चिन्ता लागेको अध्यक्ष खड्काले बताउनुभयो । 

विवादित पक्षबीच छलफल गरेर समस्या समाधानका लागि आफूहरु लागिरहेको अध्यक्ष खड्काले बताउनुभयो । विद्यालयसम्म पुग्ने मोटरबाटो निर्माणमा भने सहमति जुटेकाले अन्य विकासमा पनि सहमति हुनेमा आफू आशावादी रहेको अध्यक्ष खड्काले बताउनुभयो । छलफलमा दुइ पक्षको उपस्थिति नहँुदा समस्या समाधानमा विलम्व भइरहेको छ, खड्काले भन्नुभयो । विवादको जड पानी मुहान भएकाले त्यसको विकल्पसमेत खोज्न सकिने गरी आफू लागिपरेको उहाँको भनाइ थियो । 

स्थानीय तहको निर्वाचनपछि बनेको स्थानीय सरकारबाट विकास गतिविधिमा आएको तीव्रतासँगै छिमेकी वडा लाभान्वित भए पनि आफूहरु भने विवादकै कारण विकास गतिविधिबाट वञ्चित हुनुपरेको स्थानीय सर्वसाधारणले गुनासो गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य