2026-07-25 01:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवा उद्यमशीलता प्रदर्शनी सम्पन्न

जेठ २२, काठमाडौँ | नयाँ उद्यमको विकास र दिगो वृद्घिका लागि सहकार्य भन्ने नाराका साथ देशका सातै प्रदेशमा छरिएर रहेका ४७ नयाँ उद्यमीको प्रदर्शनी करीब एक हजार दर्शकले अवलोकन गर्दै सम्पन्न भएको छ । 

औद्योगिक व्यवसाय विकास प्रतिष्ठान र अन्तरप्रेरणा नामक निजी क्षेत्रद्वारा सञ्चालित कम्पनीले संयुक्तरुपमा सोमबार त्रिपुरेश्वरमा आयोजना गरेको एक दिवसीय उक्त प्रदर्शनीमा कृषि, पर्यटन, सूचना प्रविधि, नयाँ परिकार, हस्तकला, निर्माण, स्वास्थ्यसँग सम्बन्धित उद्यमीले आफ्नो उत्पादन, त्यस उत्पादनले नेपाली समाजमा पुग्ने सकारात्मक योगदान र आर्थिक सम्भावना बारे प्रस्तुत गरेका थिए । 

नेपालमै पहिलो पटक आयोजना गरिएको भनेर दाबी गरिएको उक्त प्रदर्शनी ‘स्टार्टअप शोकेस एण्ड एक्स्पो’ नाम दिइएको थियो । उद्यमी र उद्यमशीलताको क्षेत्रमा काम गरिरहेका उद्यमी, लगानीकर्ता लगायत सहभागीले प्रदर्शनीबाट नवीनतम सोच भएका युवा उद्यमीले 

सञ्चालन गरेका व्यवसायका बारे एकापसमा जानकारी गराई व्यावसायिक समस्या तथा चुनौतीका बारे छलफल गरेका थिए । 

प्रतिष्ठानका कार्यकारी निर्देशक आनन्दबहादर श्रेष्ठले मुलुकलाई विकास र समृद्धिमा लैजानका लागि युवा जनशक्तिलाई उत्पादनसँग जोड्नका लागि सीपमूलक विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी गराउनुभयो । 

अन्तरप्रेरणाका प्रमुख नीरज खनालले सरकारी र निजी क्षेत्रबीच साझेदारीमा सम्पन्न एक्स्पोले स्वदेशमै इलम गरी रोजगार सिर्जना र आय वृद्धि गर्न प्रेरणा प्रदान गरेको बताउनुभयो । उहाँका अनुसार यस्तो खालको एक्स्पो आगामी दिनमा प्रादेशिकस्तरमा र अन्य जिल्लामा विस्तार गरिँदै जाने जानकारी गराउनुभयो । 

करीब तीनवर्ष अगाडि स्थापित अन्तरप्रेरणाले देशमा नवीनतम सोच भएका उद्यमी तथा उद्यमशीलतासँग सम्बन्धित सम्पूर्ण प्रक्रियाको विकास, विस्तार र संस्थागत गर्नमा सघाउने उद्देश्य राखेको छ ।(रासस) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक