२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चलचित्र ‘अमेरिका बोइज’ देशभरका सिनेमा घरमा (भिडियो)

२२ जेष्ठ २०७५, मंगलवार ०७:५०

जेठ २२ काठमाण्डौ | यतिबेला चलचित्र ‘अमेरिका बोइज’ देशभरका सिनेमा घरमा लागिरहेको छ । सोमबार दिवा समयमा राजधानीमा रहेको कुमारी हलमा फिल्मलाई नेपाली सिने उद्योगका सेलिब्रेटीले दर्शकसँगै बसेर फिल्म हेरे । दुई घण्टा १५ मिनेट लामो फिल्म हेरेर निस्किएका बरिष्ठ हास्यकलाकार किरण केसी ‘रातामकै’ ले ‘अमेरिका बोइज’ को मुक्तकण्ठले प्रसंशा गरे । उनले भने, ‘मलाई स्क्रिन प्ले धेरै राम्रो लाग्यो । मलाई यो चलचित्रको निर्देशकबारे केही थाहा थिएन । 

फिल्मले बलजफ्ती कहि कतै हँसाएको छैन । म यो चलचित्रलाई हन्ड्रेडमा हन्ड्रेड नम्वर दिन्छु । यदि फिल्ममा स्टारकास्ट भइदिएको भए सुनमा सुगन्ध हुने थियो ।’ कलाकार केसीले यो फिल्म हेरिरहदा आधा सेकेण्ड पनि आफूलाई कहि कतै बोर फिल नभएको भन्दै दर्शकलाई एकपटक हल गएर हेर्न अनुरोध समेत गरे । यता बरिष्ठ पत्रकार तथा निर्देशक विजयरत्न तुलाधरले चलचित्र निकै रोचक लागेको प्रतिक्रिया दिए । उनले फिल्मले उठान गरेको विषय गम्भिर तर प्रस्तुतिकरण हास्य रसले भरिएको तर्क गरे । त्यस्तै निर्देशक तथा कलाकार निश्चल बस्नेतले फिल्म निकै रमाइलो लागेको बताए । 

उनले थपे, ‘धेरै फिल्मबाट प्रस्तुतिकरण कलाकारको काम चित्त नबुझ्ने भइराको हुन्छ । यो मुभि हेर्दा चाहि त्यो फिल हुँदैन । इमोशनल जर्नी राम्रोसँग मेन्टेन ग¥याछ । निर्देशक प्रवेश पौडेलले गरेको काम एकदम चित्त बुझ्याछ । 

आगामी दिनमा अझ यो भन्दा बेटर फिल्म बनाउछ भन्ने विश्वास लागेको छ । मलाई लाग्छ दर्शकले एकचोटी हेर्दा राम्रो हुन्छ ।’ उनले कलाकारको काम एकदमै राम्रो रहेको भन्दै कामेश्वर चौरासियाको क्यारेक्टर अझ मन परेको बताए । सञ्चारकर्मी नरेश भट्टराईले फिल्मले हास्दा हास्दै सकिने बेलामा भावनात्मक बनाएको भनाइ राखे । यतिको रमाइलो फिल्मलाई दर्शकले हेर्न छुटाउनु नहुने भन्दै सबैलाई फिल्म हेरिदिन नरेशले आग्रह समेत गरे । 

उता नायिका सारा सिर्पालीले ‘अमेरिका बोइज’ इन्टरटेन्मेन्ट र इमोशनल दुवैको प्याकेज भएको बताइन् । गायक विश्व नेपाली र सन्तोष लामाले फिल्मको सांगीतिक पक्ष पनि उतिकै सशक्त रहेको तर्क गरे । दर्शक समक्ष यो फिल्म राम्रो छ भन्ने सन्देश पुग्न आवश्यक रहेको यि दुईको आशय थियो । त्यसो त फिल्मको स्टोरी आफूहरुलाई एकदमै मन परेको सन्तोष र विश्वले बताए । 

चलचित्रमा अर्पण थापा, अभय बराल, आशिष प्रसाई, सन्दीप क्षेत्री, सुनिल थापा, हरिहर शर्मा, कामेश्वर चौरासिया, श्रृष्टि कार्की लगायतको अभिनय रहेको छ । फिल्मका कलाकार कामेश्वरले अब धेरै बोल्नु भन्दा दर्शकले फिल्म हेर्दा नै राम्रो हुने बताए । उनले आफ्नो चरित्र दर्शकलाई कन्भिन्स हुने खालकै रहेको बताए । फिल्ममा खेल्ने अर्का कलाकार अभय बरालको क्यारेक्टर निकै हार्ट टचिङ रहेको भन्दै उनी इमोशनल समेत भए ।

 यता हास्यकलाकार सन्दीप क्षेत्रीले होल टिम नै राम्रो भएका कारण प्रोडक्ट राम्रो निस्किएको दाबी गरे । उनले विगत स्मरण गर्दै भने, ‘मलाई सिनेमा खिच्ने बेलामै राम्रो हुन्छ भन्ने लागेको थियो । तर उतिकै नर्भसनेस पनि थियो । मैले मेरो चलचित्र भएर भनेको होइन । वास्तवमै अमेरिका बोइज राम्रो चलचित्र बनेको छ । सुनिल थापा, हरिहर शर्मा जस्तो सिनियर आर्टिस्टसँग काम गर्न पाउनु यो आफैमा ठूलो उपलब्धि हो मेरो लागि । अर्पण, कामेश्वर र अभयसँग काम गर्दा फ्रेसनेस चिज धेरै सिक्न पाए । ओभरल फिल्मको जर्नी नै एकदमै रमाइलो छ ।’ टेलिभिजनमा देखिएको भन्दा फरक रुपमा आफूलाई दर्शकले हेर्न पाउने सन्दिपको भनाइ थियो । 

उनले यो चलचित्रमा अर्पण र कामेश्वर भएकाले गर्दा पनि सुरुवातमा फिल्ममा आबद्ध हुन आफू एग्री भएको रहस्य खोले । साथै अर्पणको एक्टिङको आफू ठूलो फ्यान रहेको कलाकार क्षेत्रीले बताए । चलचित्रका अर्का दुई कलाकार अभय र आशिष दर्शक र शुभेच्छुकबाट पाएको साथ र मायाले मख्ख थिए । 

फिल्मले अमेरिका जान चाहने तीन युवाको मनोविज्ञानलाई प्रस्तुत गरेको छ । प्रवेश पौडेल निर्देशित फिल्ममा विवेक पाण्डेको पटकथा तथा संवाद रहेको छ । फिल्मलाई चलचित्रकर्मीले मात्र होइन दर्शकले समेत उति नै मनपराएका छन् । जेठ १८ रिलिज फिल्मले क्रमश हलमा दर्शक साथ पाउदै गएको छ । सिबर्ड पिक्चर्स र बडी इन्टरटेन्मेन्ट प्रस्तुत सोसियल कमेडी जनराको यो चलचित्रलाई प्रकाश भूजेल र इन्द्र प्रसाद खरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु