2026-07-25 02:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरबको अर्थतन्त्रमा सुधारको सङ्केत

जेठ २२, दुबई | इन्धनको मुल्यमा भएको वृद्धिसँगै साउदी अरबको अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको छ । 

आर्थिक विश्लेषकहरूले बताएअनुसार पेट्रोलियम पदार्थको मूल्यमा भएको गिरावटबाट आर्थिक मन्दीको सामना गर्नु परेको साउदी अरबलाई इन्धनमा गरिएको मूल्यवृद्धिबाट सन् २०१८ को पहिलो चार महिनामा राहत मिलेको छ । 

पूँजी विश्लेषकहरूको समूह भन्छ, सन् २०१७ मा ०.७ प्रतिशतमा खुम्चिन पुगेको इन्धनमा आश्रित साउदी अर्थतन्त्र सन् २०१८ को पहिलो चौमासिकमा १.५ प्रतिशतले वृद्धि भएको छ । 

“इन्धनको मूल्यमा आएको सुधार नै साउदी अरबको अर्थतन्त्रमा देखिएको सकारात्मक सूचकको मुख्य वाहक हो,” लण्डनस्थित पूँजी विश्लेषक समूहले बताएको छ । 

सन् २०१६ मा प्रति व्यारेल ३० अमेरिकी डलरभन्दा कम बनेको पेट्रोलियम पदार्थको मूल्य सन् २०१८ मा आइपुग्दा प्रति व्यारेल ८० अमेरिकी डलर पुगेको थियो । पेट्रोलियम पदार्थको निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक) र आयात गर्र्ने प्रमुख मुलुकहरूबीच भएको सम्झौतापछि तेलजन्य इन्धनको मूल्यमा समायोजन गरी तेल निर्यात गर्ने राष्ट्रको अर्थतन्त्रमा देखिएको सङ्कटलाई समाधान गर्न सम्भव भएको विश्लेषकहरूको भनाइ छ । 

पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटसँगै सन् २००९ पछि साउदी अरबको अर्थतन्त्रमा नकारात्मक प्रभाव देखिन थालेको थियो । 

रियादस्थित जाद्वा इन्भेष्टमेन्ट कम्पनीले भनेको छ, सन् २०१३ को अक्टोवरपछि पहिलो पटक यो वर्षको अप्रिलमा मात्र आम्दानीमा मासिक रूपमा सवैभन्दा ठूलो अङ्कले वृद्धि भएको देखिएको थियो । यससँगै उक्त कम्पनीको वार्षिक वचत १३ अर्ब २० करोड अमेरिकी डलर पुगेको थियो । 

कम्पनीले दिएको जानकारी अनुसार सन् २०१४ को अन्त्यमा ७३२ अर्ब अमेरिकी डलर रहेको वचत यसवर्षको अप्रिलमा आइपुग्दा ५०६ अर्ब ६० करोड अमेरिकी डलर कायम हुन पुगेको थियो । 

सन् २०१४ देखि साउदी अरबको बजेट घाटा २६० अर्ब अमेरिकी डलर पुगेको छ र सन् २०१८ मा पनि ५२ अर्ब अमेरिकी डलरको बजेट घाटा रहने प्रक्षेपण साउदी सरकारले गरेको छ । रासस/एएफपी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक