९ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘शिक्षाका नाममा ठगहरु टाई-शूटमा ठाँटिएर मन्त्रीहरुसँग शेल्फी खिचिरहेका छन्’

२३ जेष्ठ २०७५, बुधबार ०३:४६

फणीन्द्र फुयाल ज्वाला | 

हिजोआज शिक्षा व्यापारको पर्यायवाची बन्दै गएको छ । शैक्षिक माफियाहरु विद्यालय नामको पवित्र ज्ञान मन्दीरलाई व्यापार गर्ने केन्द्र र कमाइ खाने भाँडोको रुपमा रुपान्तरण गर्दैछन् । जसले शिक्षाका नाममा दिनदहाडै गरीब नेपाली जनता ठगिरहेका छन् उनीहरु नैं टाई र शूटमा ठाँटिएर उपहार बोक्दै मन्त्रीहरुसँग शेल्फी खिचिरहेका हुन्छन् । यस्ता परिदृय टुलुलुटु हेर्नुपर्दा यो स्तम्भकार आफैं लाजले शीर झुकाउन बाध्य छ ।

शैक्षिक माफियाहरु शिक्षामा सिण्डिकेट लगाएर मनग्य पैसा धुतिरहेका छन्, सरकार रमिते बनिरहेको छ । यस्तो लाग्छ कि, सरकार पनि उनीहरुसँगको कमिसनमा रमाएको छ । अझै भनौँ, सरकारलाई ती भ्रष्टहरुले खरिद गरेका छन् । शैक्षिक माफियाहरु विद्यालयको लोगो अंकित कपी छापेर, लोगो अंकित सर्ट, टाई र ट्रयाकसूट बेचेर, कोट र ज्याकेट बेचेर पैसा असुल्दैछन् । सरकार मुकदर्शक बनेको छ । यस्तो आशंक उत्पन्न हुन्छ कि यी माफियाहरुले सरकारलाई पनि कमिसन दिएका छन् र त सरकार चुपचाप छ । सरकारको कुन मन्त्री कस्तो छ र कसरी आम जनताका पक्षमा काम गरिहरको छ ? जनताले मूल्यांकन पनि गरिहेका छन् ।

जनताले सरकार समक्ष प्रत्यक्ष देख्ने, भोग्ने, र अनुभूति गर्ने खालको शासन चाहियो भन्दै यो देशमा सरकारको स्थायीत्वको माग वषौँदेखि गर्दे आएका हुन् । बल्ल जनताले सरकारको स्थायीत्व होला कि भन्ने झिनो आशा गर्न थालेका छन् । सरकारको स्थायीत्वसँगै जनताले नीजि विद्यालयमा १० प्रतिशत निःशुल्क छात्रबृत्ति लागू भएको हेर्न चाहेका छन् । नीजि विद्यालयहरुले लोगो अंकित कपी छापेर ठगी गर्दै आएका छन् । उनीहरुले नर्सरी कक्षाका विद्यार्थीसँग समेत कम्प्युटर र इ लाइब्रेरीको नाममा अकूत सम्पत्ति कमाइरहेका छन् । रकम असुल्न मिल्ने जति कुनैपनि शीर्षक यी शैक्षिक माफियाहरुले कुनै पनि कक्षामा लिन बाँकि राखेका छैनन् । माफियाहरुको सञ्जाल देशैभर बिस्तारित, सक्रिय अनि संगठित छ ठग्नका खातिर ! यसमा १०० प्रतिशत नै उस्तै त छैनन् तर बाहुल्यता भने ठगहरुकै छ, सेवामुखि निकै कम छन्, अल्पसंख्यक । 

विद्यालय क्षेत्र हिजोआज शिक्षा आर्जन गर्ने भन्दा पनि धन आर्जन गर्ने क्षेत्रका रुपमा मौलाउँदै गएको छ । शैक्षिक माफियाहरुलाई यो बहुमत प्राप्त सरकारले अव लगाम लगाउन ढिला भैसकेको छ । निःशुल्क छात्रबृत्ति माग्दा यी माफियाहरु कोटा सकिएको भन्दै पन्सिन खोज्छन् भने सूचना माग्दा बेवास्ता गर्छन । हरेक नागरिकलाई संविधानले सूचनाको हक ग्यारेन्टी गरेको छ । तर शैक्षिक क्षेत्रका बुज्रुक माफियाहरु सूचनालाई चना सम्झिएर पचाइरहेका छन् । 

हरेक वर्षको नयाँ शैक्षिक शत्र भने शैक्षिक माफियाहरुको लागि महान चाड, पर्व जस्तै गरी आएर महोत्सवका रुपमा मानिदै आएको छ । उनीहरु हरेक वर्ष हरेक कक्षामा पुरानै विद्यार्थी भर्ना भए पनि यो वा त्यो शिर्षकमा अभिभावकको ढाड भाँचिने गरी पैसा असुल्ने गर्छन् । कतिपय विद्यालयले त झोला र किताबमा समेत कमिस खाएर बेच्ने गरेका छन् ।

जसरी गृहमन्त्री रामबहादुर थापा वादलले करिव एक महिना अघि एउटा ‘बोल्ड डिसिजन’ गरेर यातायात क्षेत्रको सिण्डिकेट हटाउने निर्णय गरे, त्यसैगरी शिक्षामन्त्रीले पनि शिक्षा क्षेत्रका माफियाहरुलाई तह लगाउनै पर्छ । उनीहरुको सिण्डिकेट तोड्नै पर्छ । शिक्षा क्षेत्रमा भएका र हुने गरेका यस्ता अनैतिक र गैर जिम्मेवार कुराहरु तिनै आफुलाई पढे लेखेका भन्ने शैक्षिक माफियाहरुले पालना गरिदिए यो देश बनाउने र शिक्षा क्षेत्रमा विकास र योगदान गर्नेहरुमा उनीहरुको नाम पनि दर्ज हुने थियो कि ।

त्यसैले अब सरकारले ती शैक्षिक माफियाहरुको बैँक खाता रोक्का गरी उनीहरुको हरेक सिण्डिकेट नतोडे सम्म यो क्षेत्रको विकास हुनै सक्दैन । त्यसैले सरकारले ती माफियाहरुको पहिचान गरी कार्वाही गर्न ढिला गर्ने हो भने उनीहरुको मनोबल अझै उच्चो हुँदै जान्छ र जनता मारमा पर्दै जनेछन् । यो देशमा हजारौँ जनताले बलिदान गरेर ल्याएको लोकतन्त्रको स्वाद गरिव र निमुखा जनतालले भन्दा पनि त्यस्तै माफियाहरुले मात्र लिइरहेका छन् । सरकार दृढ भएर आम शोषित, पिडित र दुःख जनताको पक्षमा निर्णायक कदम चाल्दै जाऊ जनता हमेशा साथ दिन तयार छन् ।

फेरी यता कलेज खोलेर उच्च शिक्षाका नामम पसल जस्तै ठगी खान पल्कनेहरुको पनि कुनै कमी छैन हाम्रो समाजमा । शैक्षिक माफियाहरु गाउँदेखि शहरसम्म उसैगरी सल्बलाई रहेका छन् । विद्यार्थी भर्नाको समयमा कुनै सामाजिक हिरोहरु (खेलाडी, कलाकार, सगरमाथा आरोही, गायक) आदिलाई सद्भावना दूत बनाई महंगा झ्यालाझुलुकवाला पोस्टर प्रकाशन गरी विद्यार्थी तान्न ती बुज्रुकहरु तल्लिन छन् । शहरीया कलेजहरुमा साइन्स र म्यानेजमेन्ट फ्याकल्टीहरु आजकल फेशनका रुपमा स्थापीत छन् । तिनै फ्याकल्टी नामक चाहारो छरेर विद्यार्थी बटुल्ने र शुल्क असुल्ने ध्याउन्नमा नीजि प्लस टूहरु लागि रहेका छन् ।

आजकल शिक्षा यस्तो खुलेआम लुटिखाने भाँडो भएको छ कि ती माफियाहरु कति वर्ष पहिले कुनै विद्यार्थीले उत्कृष्ट अंक ल्याईदिए बापत उसको नाम र फोटो बेचेर ब्याज असुलिरहेका छन् । शहरमा कुनै त यस्ता सम्म नीजि कजेजहरु छन् कि ति कक्षा कोठा हुन् कि जेलघर हुन् छुट्याउनै गाहे छ । शिक्षकहरुलाई न्यून पारिश्रमीक दिएर (श्रमशोषण गरेर) मुनाफा आर्जन गर्न पल्किएकहरु अव कि त आफैँ सच्चिनु पर्छ कि त सरकार कठोर ढंगले उत्रिनु पर्छ । आइन्दा शिक्षाका नाममा कसैले कसैलाई ठग्नु कीमार्थ यो लोकतान्त्रीक मुलुकमा स्वीकार्य छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्नअदालतले दियो अनुमति रुखले च्यापिएर एकको मृत्यु, दुई घाइतेको हेलिकोप्टरबाट उद्धार गरिँदै जीपीएसकाे भर पर्दा कार नदीमा खस्याे, तीन जनाको मृत्यु प्रदर्शनको २४ दिनसम्म ‘पूर्णबहादुरको सारंगी’ले कमायो साढे ४३ करोड आईपीएल इतिहासकै महँगा खेलाडी बने श्रेयस अय्यर अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त फिल्म तेल भिसाको शुरुवाति कमाई कस्तो ? रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय एमालेद्वारा काठमाडौं महानगरको जरिवाना पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगर टोली एमालेले काठमाडौं महानगरको जरिवाना नतिर्ने दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण मुद्दा: सरकारको नाममा कारण देखाउ आदेश जारी एनपीएल खेल्न नेपाल आइपुगे काठमाडौं गुर्खाजका माइकल लेभिट हिरासतबाट दुर्गा प्रसाईँको पत्र, लेख्छन्- प्रमाण सत्य हो, कम्बोडिया लगानीबारे छानबिन गरियोस् गेस्ट हाउसमा दम्पत्तीको शव फेला, क्यानडाबाट दुई वर्षपछि शनिबार मात्रै फर्किएका थिए मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने मस्क रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दाको पेशी न्यायाधीशद्वय फुयाल र ढकालको संयुक्त इजलासमा आज तोलामै १७ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो मलेसियाका पेट्रोल पम्पहरुमा काम गर्न विदेशी कामदारलाई खुला अनुसन्धानको म्याद सकिएकाले आज फेरि रविलाई कास्की अदालत उपस्थित गराइँदै