2026-07-06 12:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

शान्ति र समृद्धि नै मूल लक्ष्य : मुख्यमन्त्री शेरधन राई

2018-06-06

जेठ २३, इटहरी | प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शान्ति र समृद्धि प्राप्ति नै अबको मूल उद्देश्य रहेकाले त्यसका लागि सबैले अझ मिहेनतपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभएको छ । 

डिभाइन ट्रेनिङ सेन्टर इटहरीले आज इटहरीमा आयोजना गरेको विशेष सम्मान समारोहमा बोल्दै उहाँले आर्थिक पारदर्शिता कायम गरी सुशासनबाट जनतालाई खुशी तुल्याउने मार्गमा आफू अहोरात्र क्रियाशील रहने प्रतिवद्धता जनाउनुभयो । जनताको चाहना, भावना र आवश्यकता एवं आकांक्षा पूर्ति गर्नु नै प्रदेश वा केन्द्रीय सरकारको समेत दायित्व रहेकोतर्फ आफूहरु सचेत रहेको पनि उहाँले उल्लेख गर्नुभयो । 

सो अवसरमा मुख्यमन्त्री राईसहित विभिन्न व्यक्तित्वलाई सम्मानित गरिएको थियो । 

सोही अवसरमा अर्का सम्मानित व्यक्तित्व विवेकशील साझा नेपाल पार्टीका संयोजक रवीन्द्र मिश्रले देशमा राजनीतिक परिवर्तन भएको झण्डै ३० वर्ष बितिसक्दा पनि असल राजनीतिक संस्कार विकास हुन नसकेको र राज्यद्वारा जनताले ढुक्क भएर विश्वास गरेर काम गर्ने वातावरण बन्न नसकेकाले यही अवस्था हो भने जनताले अर्को परिवर्तन खोजी गर्लान् भनेर सचेत रहनुपर्दछ भन्नुभयो । 

कार्यक्रममा अर्का सम्मानित व्यक्तित्व न्यूरो सर्जन डा यामबहादुर रोक्काले हरेक क्षेत्रले आफ्नो पेशाप्रति इमान्दार भई जनअपेक्षित विषयलाई केन्द्र भागमा राखेर काम गर्न सकियो भने मात्र जनविश्वास बढ्न सक्छ भन्नुभयो । 

डिभाइन ट्रेनिङ सेन्टरकी प्रेमवदा श्रीमालीले उहाँहरुलाई जनही रु ५० हजार नगदसहित सम्मानपत्रमार्फत सम्मान गर्नुभयो । 

आफ्नो विधामा उच्चतम सफलता हासिल गर्नुहुने व्यक्तित्वको योगदानको कदर गर्ने गरी इथियोपियाका कर्तव्यपरायण अग्रज नागरिक रोकास जिलिङ्कासको नाममा सो सम्मान स्थापना गरिएको हो ।(रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा