2026-07-25 01:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुन तस्करीमा ठूला माछा पनि पक्राउ पर्ने : गृहमन्त्री रामबहादुर थापा

सुन तस्करीमा ठूला माछा पनि पक्राउ पर्ने : गृहमन्त्री रामबहादुर थापा

जेठ २३, काठमाडौँ | गृह मन्त्रालयले यातायात सम्बद्ध समितिको दर्ता र नवीकरण रोक्ने निर्णय गरी लामो समयदेखि यातायातका क्षेत्रमा रहेको एकाधिकार अन्त्य गर्ने, ३३ किलो सुन काण्डमा छानवीन समितिमार्फत तस्करीको जालो तोड्ने तथा वैदेशिक रोजगारमा ठगीमा संलग्न ठूलो गिरोह पक्राउ गरिएको जस्ता कार्य १००दिनमा गरिएको जनाएको छ । 

गृहमन्त्री रामबहादुर थापाले आफूले कार्यभार सम्हालेको एक सय दिनमा निर्माणमा ढिलासुस्ती गर्ने तथा कमसल काम गर्ने ठेकेदालाई भौतिक पूर्वाधार मन्त्रालय, शहरी विकास मन्त्रालयलगायत नियकायसँगको समन्वयमा कारवाही अघि बढाइएको आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो । जतिसुकै शक्तिशाली ठेकेदार भए पनि उसलाई कारवाहीको दायरामा ल्याएर छाड्ने दृढता मन्त्री थापाले गर्नुभयो । 

यस्तै सुन तस्करी प्रकरणमा अब ठूला कारोवारी पनि पक्राउ पर्ने संकेत गर्दै उहाँले भन्नुभयो, “सुन तस्करीका भुरा माछा र मझौला माछा पक्राउ परेका छन्, अब ठूला माछा पनि पक्राउ पर्दैछन् ।” सरकारले लिएको विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न भ्रष्टाचार, तस्करी र अनियमितताको जरैदेखि अन्त्य गर्ने अभियानमा मन्त्रालयले सक्रिय रुपमा काम गरिरहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “सुशासन कायम गर्न विद्यमान तस्करी, आपराधिक घटना र गतिविधि निस्तेज गर्न लक्ष्यसहित ८२ बुँदे गृह प्रशासन सुधार योजना बनाउनाका साथै ३७ बुँदे निर्देशन सबै जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ । सोहीअनुसार कार्य अघि बढिरहेका छन् ।” 

उहाँका अनुसार मदिरा नियन्त्रण र लागुऔषध निषेध अभियानलाई पनि मन्त्रालयले अभियानका रुपमा लैजान लागेको छ । ट्राफिक व्यवस्थापन प्रारम्भ भएको, सातै प्रदेशमा प्रादेशिक सुरक्षा गोष्ठी गरिएको, लामो समयदेखि रोकिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको सरुवाबढुवा नियमित गरिएको, बिदा कटौती तथा सरकारी सवारी साधनको दुरुपयोग रोक्नेजस्ता कार्यलाई सय दिनको आफ्नो उपलब्धिका रुपमा गृहमन्त्री थापाले लिनुभएको छ । 

आन्तरिक सुरक्षा ऐन २०७५, नागरिकता ऐनको संशोधन, परिचयपत्र व्यवस्थापन ऐन, सामाजिक सुधार ऐनलगायत महत्वपूर्ण ऐन सहमतिका लागि कानून मन्त्रालयमा पठाइएको तथा संघीय प्रहरी ऐनको मस्यौदा अन्तिम चरणमा रहेको गृह मन्त्रालयले जनाएको छ । केहीले कम्युनिष्टका नाममा तथा केहीले जातीयता, क्षेत्रीयता र धर्मका नाममा संविधान विरोधी तथा अस्थिरता निम्त्याउने गतिविधि गरिरहेका छन् भन्दै उहाँले त्यसलाई नियन्त्रण गर्न मन्त्रालय प्रतिबद्ध रहेकोे बताउनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक