2026-07-25 03:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चालिस कटेपछि रमाउँलाई भन्ने गित सुन्दा रुन्छन् मन्त्री पण्डित (भिडियो हेर्नुहोस्)

जेठ २४, अमेरिका | सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बिदेशको नागरिकता लिने तर नेपालको मायाँ लाग्दछ भनेर झुट नबोल्न बिदेशमा रहेका नेपालीलाई आग्रह गरेका छन् । अमेरिकाबाट सञ्चालन हुने टेलिभिजन कार्यक्रम यु स्टाट अगेनका लागि बिषेश अन्र्तवार्ता दिदैं मन्त्री पण्डितले अरु देशको नागरिकता लिनेहरुलाई आफुले भुपु नेपाली भन्ने गरेको समेत प्रस्टाएका छन् । 

ग्रिनकार्ड तथा पिआर लिने नेपालीहरुप्रति कडा रुपमा प्रस्तुत हुंदै आएका पण्डितलाई तपाई ग्रिनकार्ड लिने नेपालीको किन बिरोध गर्नुहुन्छ भन्ने प्रश्नमा आफु ग्रिनकार्ड लिने नेपालीको बिरोधी नभएको तर अरु देशको नागरिकता लिएर नेपाल र नेपालीलाई गाली गर्नेहरुको कडा बिरोधी भएको जनाएका छन् । 

ठुला देशमा पुगेका र त्यहिको नागरिकता वा स्थायी बसोबास पत्र लिएका कतिपय नेपालीहरुले नेपालमा बस्नेहरुले केहि पनि जान्दैनन् र नेपाल खत्तम छ जस्तो अभिब्यक्ती दिंदा आफुलाई धेरै चित्त दुख्ने गरेको मन्त्री पण्डितले बताएका छन् । 

कार्यक्रम प्रस्तोता सूर्य थापासंग गरिएको ३५ मिनेट लामो सम्बादमा मन्त्री पण्डितले आफुले बिदेशको नागरिकता लिनेहरुले पैत्रिक सम्पतीमा हक नलाग्ने कानुन बनाउने तयारी गरेको समेत घोषणा गरेका छन् ।

अरब लगायतका खाडि मुलुकमा रहेका नेपालीहरु र देशप्रेमी नेपालीहरुले आफुलाई धेरै माया गर्ने गरेको बताउंदै मन्त्री पण्डितले अमेरिका लगायतका देशबाट पनि आफुबाट प्रभावित भएर युवाहरु नेपाल फर्कन लागेको समेत बताएका छन् । आगाी दश बर्षमा नेपालबाट युवाहरु बिदेशीनु नपर्ने माहौल बनाउने आफ्नो योजना समेत पण्डितले सुनाएका छन् । चालिस कटेपछि रमाउंला भन्ने गित सुनेर आफु धेरै पटक रोएको पनि पण्डितले कार्यक्रम सुनाएका छन् । 

मन्त्री लालबाबु पण्डितसंग गरिएको पुरा कार्यक्रम हेर्नुहोस्:


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ