Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ जेठ २४ गते, राति २:०८ बजे
पत्रपत्रिकाबाट

बाँदर नियन्त्रण गर्न बजेट, युवालाई बाँदर समात्ने जागिर

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ २४, पर्वत | बाँदरले बाली सखाप पारेको गुनासो चुलिएपछि पर्वतको महाशिला गाउँपालिकाले बजेटै छुट्याएर नियन्त्रण गर्ने योजना अघि सारेको छ । 

गाउँपालिकाको दोस्रो गाउँसभाले मंगलबार बाँदर नियन्त्रणको संकल्प प्रस्तावसहित ३० लाखको योजना पारित गरेको छ । आजकोकान्तिपुरको पृष्ठ १४ मा यो समाचार छ ।

सबै वडामा बाँदर आतंक बढेको भन्दै जनप्रतिनिधिले नियन्त्रणका लाडि हस्ताक्षरसहित गाउँसभामा संकल्प प्रस्ताव पेश गरेका थिए । गाउँसभामा बाँदर नियन्त्रणको संकल्प प्रस्ताव शतप्रतिशतले पारित गरेको गाउँपालिकाले जनाएको छ ।

बाँदर समात्न गाउँकै युवालाई अवसर दिइने छ । शुरुमा तालिम दिने र त्यसपछि बाँदर समात्ने जागिरमा लगाउने योजना गाउँपालिकाको छ ।