२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्कटल्याण्डकी चर्चित डिजे डेक्सीले नेपाली नचाउने

२४ जेष्ठ २०७५, बिहीबार १५:५६

जेठ २४, काठमाडौं | स्कटल्याण्डकी चर्चित डिजे डेक्सीले नेपाली युवायुवती नचाउने भएकी छन् । ‘सान मिगेल वेट फेष्ट २०१८’मा उनले बिभिन्न आकर्षक डिजे प्रस्तुति मार्फत नेपाली युवायुवती नचाउने भएकी हुन् ।

यहि शुक्रबार अर्थात २५ गतेबाट सुरु हुने ‘सान मिगेल वेट फेष्ट २०१८’ कार्यक्रम देशको १० प्रमुख शहरमा आयोजना हुनेछ । जसका लागि उनी बुधबार साँझ नेपाल आइपुगेकी छन् । यो उनको पहिलो नेपाल टुर हो । बिश्वका उत्कृष्ट डिजेहरु मध्य टप ५० भित्र डेक्सीलाई नेपाल भित्र्याउने काम मेड्ली इभेन्ट मिडिया प्रालीले गरेको हो । 


राष्ट्रिय तथा अन्टराष्ट्रिय प्रर्यटन प्रवद्धन गर्ने उदेश्य सहित आयोजना हुन लागेको ‘सान मिगेल वेट फेष्ट २०१८’मा नेपालकै सेक्सी डिजे जेनी, पुलपाटीको राज भनेर चिनिएका डिजे प्रज्वल र चर्चित गायक तथा र्यापर मानस घलेको समेत प्रस्तुति रहने आयोजक मेड्ली मिडियाका प्रवन्ध निर्देशक सुमित सिग्देलले बताए ।

‘सान मिगेल वेट फेष्ट २०१८’ २५ गते शुक्रबार देखि विर्तामोडबाट सुरु हुँदैछ । बितामोडपछि २८ गते इटहरी, असार १ गते हेटौडा,  २ गते चितवन, ४ गते नेपालगञ्ज, ५ गते भैरहवा, ८ गते बुटवल, ९ गते पोखरा हुँदै असार ३० गते काठमाडौमा आएर सकिने ब्यवस्थापन तथा संयोजन जिम्बेवारी लिएको नेस्क्ट मोडल नेपालका सिइयो रबि धमलाले जानकारी दिए । 


नेपाली, हिन्दी र अग्रेजी सबै प्रकारको गीत संगीतबाट डिजेहरुले दर्शक तथा श्रोता नचाउँने कार्यक्रम अभिनेत्री तथा भिजे संध्या केसीले होस्ट गर्नेछिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य