१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

मिडियाले सरकारको आँखा खोलिदिनुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाई

२५ जेष्ठ २०७५, शुक्रबार १२:४७

जेठ २५, तनहँु |नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सञ्चारमाध्यमले मिडियाले सरकारको स्वच्छ आलोचना गर्नुपर्ने बताउनुभएको छ । 

बन्दीपुरमा सामुदायिक रेडियो प्रसारक महासंघ (अकोराब)को प्रदेश नं ४ को प्रथम साधारणसभाको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “मिडिया बलियो भइसके, मिडियाले गर्दा अब कसैले चाहँदैमा लोकतन्त्र खोस्न सक्दैनन् । सरकारले नचाहेको कुरा जनताले चाहेका हुन सक्छन् त्यस्तो अवस्थामा मिडियाले सरकारको आँखा खोलिदिन सक्नुपर्छ ।” 

बहुलवादमा आधारित संघीयता उचित भएको बताउँदै नेता पौडेलले अब अन्य शासन प्रणाली स्थापना गर्न नभई प्राप्त अधिकारको सदुपयोग गरी समृद्धिको बाटामा लाग्नुपर्ने बताउनुभयो । 

अकोराबका अध्यक्ष सुवास खतिवाडाले दुर्गम ठाउँम नाफा नहुने हुँदा निजी रेडियो अन्यन्त न्यून संख्यामा सञ्चालन गरिएको छ भन्दै समुदायलाई सुुसूचित गराउन सामदायिक रेडियोको ठूलो भूमिका खेलेको बताउनुभयो । सो अवसरमा प्रदेश नं. ४ मा पहिलो पटक सामुदायिक रेडियो स्थापना गर्ने पोखरास्थित हिमचुली एफएमका अध्यक्ष इञ्जिनीयर लेखबहादुर गुरुङलाई कदरपत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो |(रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन