२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) को सम्मेलन भदौमा

२०७५, २६ जेष्ठ शनिबार १८:२४

जेठ २७, काठमाडौँ (रासस) | गोपाल किराँती निकट नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलन भदौमा हुने भएको छ । 

शनिबार क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन आयोजक समितिको बैठकले आगामी भदौ १ र २ गते काठमाडौँमा गर्ने निर्णय गरेको सम्मेलन आयोजक समितिका संयोजक आलोक रायमाझीले जानकारी दिनुभयो । 

बैठकले कमल सिजापती, जनक ढुंगाना, सीताराम न्यौपाने र एकराज राईलाई आयोजक समितिमा थप गर्ने निर्णय गरेको छ । योसँगै आयोजक समिति ४४ पुगेको छ । 

बैठकले मौलिक हकका रुपमा रहेको निःशुल्क शिक्षाको अधिकारलाई कार्यान्वयन गर्नका लागि ऐन बनाउनुपर्ने, स्नातक तहसम्म निःशुल्क शिक्षा प्रदान गर्नुपर्ने, रोजगारीको सिर्जना गरी शिक्षा र स्वास्थ्यमा देखिएका विकृति अन्त्य गर्नुपर्ने माग गरेको छ । 

यसैगरी, निजी विद्यालयले लिएको मनोमानी शुल्क फिर्ता गर्नसमेत माग गरेको अध्यक्ष रायमाझीले बताउनुभयो । 

क्रान्तिकारीका देशभरि ७० जिल्लामा जिल्ला समिति रहेका छन् । गत फागुन १६ गते तत्कालीन नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठनसँग अलग भएर रायमाझीको नेतृत्वमा नयाँ संगठन निर्माण गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का