८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) को सम्मेलन भदौमा

२६ जेष्ठ २०७५, शनिबार १८:२४

जेठ २७, काठमाडौँ (रासस) | गोपाल किराँती निकट नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलन भदौमा हुने भएको छ । 

शनिबार क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन आयोजक समितिको बैठकले आगामी भदौ १ र २ गते काठमाडौँमा गर्ने निर्णय गरेको सम्मेलन आयोजक समितिका संयोजक आलोक रायमाझीले जानकारी दिनुभयो । 

बैठकले कमल सिजापती, जनक ढुंगाना, सीताराम न्यौपाने र एकराज राईलाई आयोजक समितिमा थप गर्ने निर्णय गरेको छ । योसँगै आयोजक समिति ४४ पुगेको छ । 

बैठकले मौलिक हकका रुपमा रहेको निःशुल्क शिक्षाको अधिकारलाई कार्यान्वयन गर्नका लागि ऐन बनाउनुपर्ने, स्नातक तहसम्म निःशुल्क शिक्षा प्रदान गर्नुपर्ने, रोजगारीको सिर्जना गरी शिक्षा र स्वास्थ्यमा देखिएका विकृति अन्त्य गर्नुपर्ने माग गरेको छ । 

यसैगरी, निजी विद्यालयले लिएको मनोमानी शुल्क फिर्ता गर्नसमेत माग गरेको अध्यक्ष रायमाझीले बताउनुभयो । 

क्रान्तिकारीका देशभरि ७० जिल्लामा जिल्ला समिति रहेका छन् । गत फागुन १६ गते तत्कालीन नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठनसँग अलग भएर रायमाझीको नेतृत्वमा नयाँ संगठन निर्माण गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा तनहुँ जिल्ला प्रशासन : तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट सुनको मूल्य हालसम्मकै उच्च यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर