२०८३, १५ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सलमान खानको हत्या गर्ने योजनामा रहेका मोस्टवान्टेड पक्राउ, यसरी सजिलै मारिन सक्थे सलमान

२०७५, २७ जेष्ठ आईतवार ०६:५९

जेठ २७, काठमाडौँ | हरियाणाको एक विशेष कार्यबल (एसटीएफ) ले मोस्ट वान्टेड ग्याङस्टार (गुण्डा नाइके) सम्पत नेहरालाई पक्राउ गरेको छ | प्रहरीले दिएको जानकारी अनुसार २८ बर्षीय ति गुण्डाले बलीउड स्टार सलमान खानलाई मार्ने योजना गर्दै थिए | 

प्रहरीले पक्राउ पछी सम्पतसँग बयान लिने क्रममा उनले सलमान खानलाई मार्न गईरहेको बारेमा खुलाशा गरेका छन् | उनले बयानमा बताए अनुसार सलमानलाई उनको घरको बालकोनीमा साथीहरुसँग भेटघाटको क्रममा सजिलै मार्न सकिन्थ्यो र त्यसै तयारी अनुसार उनि केहि दिन अघि मुम्बई समेत गएका थिए | साथै उनले बयानमा सलमानलाई मार्न उनले हतियार जुटाउने कसरतमा रहेको खुलाशा पनि गरेका थिए | 


को हुन् सम्पत नेहरा ?

प्रहरीको अनुसार, सम्पत नेहराले सलमानको गतिविधि‍हरु नियाल्दै आएका थिए | यी ग्याङस्टारले सलमानलाई मार्ने योजना अनुसार मुम्बई गएर सलमान आउने जाने देखि सलमानको अंगरक्षकको बारेमा पनि जानकारी लिईसकेका थिए | 

सम्पत नेहरा त्यहि लरेन्स बिश्नोई ग्याङको लागि काम गर्छन जो यसै बर्ष जनवरीमा सलमान खानलाई कालो हरिणको मुद्दामा जेल जाँदा हत्या गर्ने धमकी दिएको थियो | लरेन्स विश्नोई ग्याङ एक खतरनाक गिरोह हो | यो ग्याङ सामाजिक संजालमा निकै सक्रिय छ, खासगरि फेसबुक र व्हाट्सएपमा यो समुह निकै जानकार छ | त्यसै ग्याङका सदस्य नेहरा माथि हत्या, अपहरण र सुपारी लिएर हत्या गर्नेमा दर्जनौं भन्दा बढी मुद्दा छ |

नेहराको आगामी योजना सलमान खानलाई मार्ने थियो | प्रहरीको अनुसार सलमानलाई मारेर विदेश जाने उनको योजना थियो | 

यति मात्र नभई नेहराको खोजि हरियाणा, पन्जाब, राजस्थान र चन्डीगढ प्रहरीमा पनि थियो | प्रहरीले बताए अनुसार पछिल्लो बर्षदेखि फरार रहेका नेहराको टाउको ल्याउनेलाई नगद पुरष्कार दिने घोषणा समेत गरिएको थियो | सलमानलाई मार्ने अन्तिम योजना बनाउँदै गरेका लरेन्स विश्नोई गिरोहका शार्प शूटर सम्पत नेहरा राजस्थानको चुरू जिल्लाको कलौरी गाउँका हुन् | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी