८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ युवा संगठनले माक्र्सवाद र लेलिनवादलाई सैद्धान्तिक आधार बनाउने

२८ जेष्ठ २०७५, सोमबार ०७:३०

जेठ २८, काठमाडौँ | युवा संघ नेपाल र योङ कम्युनिष्ट लिग (वाइसिएल)को एकीकरणका लागि गठित कार्यदलले यही जेठ ३० गते युवा संघको स्थायी कमिटी बैठक बोलाएको छ । 

सोही दिन वाइसिएलको पनि केन्द्रीय सचिवालय बैठक बस्ने र ३१ गते सोही कमिटीको संयुक्त बैठक बस्ने र एकताका लागि भएका कार्यक्रमको समीक्षा गरिने बताइएको छ । 

पार्टीले युवा संघका इन्चार्ज महेन्द्रबहादुर पाण्डे, वाइसिएलका इन्चार्ज मणि थापा तथा युवा संघका अध्यक्ष रमेश पौडेल र वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा) रहेको कार्यदल गठन गरेको थियो । 

युवा संघ नेपाल र योङ कम्युनिष्ट लिग (वाइसिएल)को एकीकरणपछि निर्माण हुने संगठनलाई तल्लो तहदेखि नै शक्ति सन्तुलनको सिद्धान्तमा अगाडि बढाइने भएको छ । 

एकीकरणका लागि गठन गरिएको विधान तथा संगठन मस्यौदा समितिले माक्र्सवाद र लेलिनवादलाई सैद्धान्तिक आधार बनाउने र देशभरका संगठनमा शक्ति पृथकीकरणलाई अभ्यास गरिने कार्यविधि तयार गरेको छ । 

तल्लो तहमा नयाँ संगठनलाई सशक्त तथा प्रभावकारी बनाउने र युवाबीच लोकप्रिय कार्यक्रम लैजाने समझदारी भएको युवा संघका महासचिव नरेश शाहीले जानकारी दिनुभयो । 

नेपाल कम्युनिष्ट पार्टीले वैचारिक दृष्टिकोणका रूपमा अवलम्बन गर्ने भएपछि त्यसका सबै जनवर्गीय संगठनको वैचारिक तथा सैद्धान्तिक नीति त्यसैमा आधारित हुनेछ । 

विधान र संगठन कस्तो निर्माण गर्ने, कस्तो सांगठनिक संरचना तयार गर्ने, संगठनलाई कसरी युवामैत्री बनाउने, संगठनको विधि र प्रक्रिया के हुनेलगायत विषयमा प्रतिवेदन तयार हुने क्रममा छ । मुलुकमा युवा वर्गलाई व्यावसायिक र सीपमूलक शिक्षा प्रदान गरी उत्पादनसँग जोड्ने, युवा सशक्तीकरणलगायत विषयमा समेत आइतबार बसेको बैठकले छलफल गरेको थियो । 

दुई पार्टी एकीकरण भएपछि जनवर्गीय संगठनलाई तीन महिनाभित्र एकता गरिसक्ने भनिएकाले त्यसका लागि आवश्यक समन्वय र सहकार्य भइरहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा तनहुँ जिल्ला प्रशासन : तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट सुनको मूल्य हालसम्मकै उच्च यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर