३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जादुगर डेविडले यसरी काटेर देखाउँछन् आफ्नो शरीर, तपाइँ पनि सिक्नुस

३१ जेष्ठ २०७५, बिहीबार ०५:३३

जेन्सी | अमेरिकाको प्रख्यात जादूगर डेविड कापरले हजारौ मान्छेको अगाडी आश्चर्यचकित जादु प्रस्तुत गर्ने गर्छन् | उनले गर्ने गरेको एउटा यस्तो जादु छ जहाँ उनको शरीर दुई भागमा काटिन्छ | ५ मिनेटको अन्तरमा डेविडले मान्छेको आँखाको अगाडी एक चमत्कारी रुपमा आफ्नो शरीर दुई भागमा काटिएर अलग गरिदिन्छन् | यो जादु कुनै चमत्कार भन्दा कम छैन | तर उक्त जादुको पछाडी एक किसिमको चलाखी रहेको छ | के हो त यो चलाखी ? यस्तो छ पर्दा पछाडीको खेल… 

मेसिनले कसरी काटिन्छ शरीर ?

- उक्त जादुमा डेविड कापरफील्ड एउटा बाकस भित्र जान्छन् |

- उक्त बाकसमा उनको हात, खुटा बाधिएको हुन्छ | साथै शरीरको कमरको भागमा पनि बाधिन्छ |

- केहि समय पछि त्यो बाकस खुल्छ | तर उनको बाधिएको सबै भाग खुलिसकेको हुन्छ |

- एकासी उनको शरीरको भाग एउटा चक्रले सजिलो तरिकाबाट दुई भागमा काटिन्छ |

- टेबुलमा उनको शरीरको दुई भागमा राखिन्छ | त्यहि समयमा कापरफील्डको सहयोगीले उनको दुई भाग अलग गरेर देखाउछन् |

- भएन त एक किसिमको जादु ?

जादू पछाडीको चलाखी  

- यो खाले जादुमा एक किसिमको बाकसको प्रयोग हुन्छ |

- उक्त बाकसमा दुईजनाको लागी ठाउँ राखिएको हुन्छ | त्यहाँ दुईजना मान्छे लुकेर बस्न मिल्ने ठाउँ हुन्छ |

- लुकेर बसेको मान्छेको कारणले गर्दा नै दुईवटा शरीर देखिएको हो | एउटामा डेविड र अर्कोमा उनको सहयोगी हुन्छ |

- डेविड र उनको सहयोगीले एकै किसिमको लुगा र जुत्ता लगाएको हुन्छ |

- बाकसको बीच भागमा रहेको उक्त चक्रमा एक खाली ठाउँ हुन्छ | जसको कारणले गर्दा चक्र भित्रसम्म जान्छ |

- जसको कारणले गर्दा बाकस काट्दा पनि शरीरको दुई भागमा त काटिएको देखिन्छ, तर मान्छे भने काटिएको हुँदैन | 

तश्विरमा हेर्नुहोस् तरिका 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता