१० मंसिर २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोलकातामा नेपालको ‘उपियाँ’ मञ्चन हुने

३१ जेष्ठ २०७५, बिहीबार ०८:३०

जेठ ३१, काठमाडौँ | भारतको पश्चिम बंगाल राज्यको कोलकातामा ‘अन्तर्राष्ट्रिय बाल नाटक महोत्सव’मा नेपालको तर्फबाट रंगकर्मी केदार श्रेष्ठद्वारा लिखित तथा निर्देशित नाटक ‘उपियाँ’ निवन्ध मञ्चन हुने भएको छ । 

उक्त नाटक आगामी असार चार गते कोलकातास्थित ‘पश्चिम बंगाल एकेडेमी अफ फाइन आर्ट’को हलमा मञ्चन हुनेछ । 

कोलकातामा प्रेरणा विद्याश्रमका विद्यार्थीहरुले अभिनय गर्ने थिएटर मलकी प्रबन्ध निर्देशक इलिना नकर्मीले जानकारी दिनुभयो । सो महोत्ुवमा भाग लिन २० जनाको नाट्य टोली आज भारततर्फ प्रस्थान गर्दैछ । नेपालबाट गार्डेन थिएटरको ‘मिस्टर फक्स एण्ड स्कुल बोय’ को टोलीले समेत महोत्सवमा भाग लिनेछ । 

कोलकाताको नाट्य संस्था ‘एसो नाटक सिखी’ले आयोजना गर्ने उक्त नाट्य महोत्सव आगामी असार तीनदेखि सात गतेसम्म सञ्चालन हुनेछ । नेपाल, भारत, दक्षिण अफ्रिका, मेक्सिको, श्रीलंकालगायत आठ देशका १६ वटा नाटक सो महोत्सवमा मञ्चन गरिनेछन् । 

कोलकातामा ‘उपियाँ’ निवन्ध ४०औँ पटक मञ्चन गरिन लागेको हो । प्रेरणा विद्याश्रमले २०६८ सालमा रुसी साँस्कृतिक केन्द्रमा आयोजना गरिएको बाल नाटक महोत्सवमा उपियाँको पहिलो पटक मञ्चन गरेको थियो । स्कुले परिवेशको कथालाई हाँस्यव्यंग्य शैलीमा उपियाँमा प्रस्तुत गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन प्रधानमन्त्री ओलीद्वारा आज एनपिएलको ट्रफी सार्वजनिक मौसम : देशको केही भूभागमा वर्षाको सम्भावना दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्नअदालतले दियो अनुमति रुखले च्यापिएर एकको मृत्यु, दुई घाइतेको हेलिकोप्टरबाट उद्धार गरिँदै जीपीएसकाे भर पर्दा कार नदीमा खस्याे, तीन जनाको मृत्यु प्रदर्शनको २४ दिनसम्म ‘पूर्णबहादुरको सारंगी’ले कमायो साढे ४३ करोड आईपीएल इतिहासकै महँगा खेलाडी बने श्रेयस अय्यर अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त फिल्म तेल भिसाको शुरुवाति कमाई कस्तो ? रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय एमालेद्वारा काठमाडौं महानगरको जरिवाना पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगर टोली एमालेले काठमाडौं महानगरको जरिवाना नतिर्ने दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण मुद्दा: सरकारको नाममा कारण देखाउ आदेश जारी एनपीएल खेल्न नेपाल आइपुगे काठमाडौं गुर्खाजका माइकल लेभिट हिरासतबाट दुर्गा प्रसाईँको पत्र, लेख्छन्- प्रमाण सत्य हो, कम्बोडिया लगानीबारे छानबिन गरियोस् गेस्ट हाउसमा दम्पत्तीको शव फेला, क्यानडाबाट दुई वर्षपछि शनिबार मात्रै फर्किएका थिए मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने मस्क