२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज विश्वकपमा ब्राजिल सहित ६ देशको खेल हुने, कति-कति बजे हुँदैछ खेलहरु ? (नेपाली समय अनुसार)

२०७५, ३ असार आईतवार ०३:००

असार ३, काठमाडौँ | आज विश्वकपमा बिभिन्न ६ देशबीच ३ खेल हुँदैछ | जसमा आजको पहिलो खेल कोष्टरिकाबिरुद्ध सेर्बियाले खेल्दैछ | त्यस्तै आज दोश्रो खेल जर्मनी र मेक्सिकोबीच हुँदैछ भने आजको अन्तिम खेलमा ब्राजिल र स्विजरल्याण्ड खेल्दैछन् |

नेपाली खेलप्रेमीहरुलाई आजको दुई खेल महत्वपूर्ण छ, अधिकांशले ब्राजिलको सपोर्ट गरेका छन् भने जर्मनीको खेल पनि कतिपय नेपालीहरुको लागि महत्वपूर्ण खेलको रुपमा रहेको छ | 

यस अघि शनिबार भएको बिभिन्न ४ खेलमा फ्रान्सले अस्ट्रेलियालाई २-१ अन्तरले पराजित गरेको थियो भने शनिबारकै अर्को खेलमा डेनमार्कले पेरुलाई १-० ले पराजित गर्यो । त्यस्तै शनिबार भएको तेश्रो खेलमा अर्जेन्टिना र आइसल्याण्डले समान १-१ गोल गरेर अंक बाँडे भने अन्तिम खेलमा क्रोएसियाले नाईजेरियालाई २-० गोल अन्तरले पराजित गरेको थियो । 

माथिको तश्विरमा: शनिबार क्रोएसियाले २-० गोल अन्तरले नाईजेरियालाई पराजित गरेपछि खुसि साट्दै खेलाडीहरु, तश्विर: Getty Images  

आज कुन-कुन खेल हुँदैछ (समय सहित)

पहिलो खेल: कोष्टरिका vs सेर्बिया 

नेपाली समय: १७:४५ बजे

दोश्रो खेल: जर्मनी vs मेक्सिको

नेपाली समय: २०:४५ बजे

तेश्रो खेल: ब्राजिल vs स्विजरल्याण्ड 

नेपाली समय: २३:४५ बजे 

आज बिहान क्रोएशियाले नाइजेरियालाई २-० ले हरायो

विश्वकपको समूह डीको खेलमा आज बिहान ००:४५ बजे सुरु भएको खेलमा क्रोएशियाले नाइजेरियालाई २-० ले हराएको छ ।  नाइजेरियाका एटेबोले ३२ औं मिनेटमा क्रोएशियालाई आत्मघाती गोल उपहार दिएका थिए । त्यसपछि ७१ औं मिनेटमा लुका मोडि्रचले पेनाल्टीमार्फत गोल गरे ।

कालिनिग्राद स्टेडियममा भएको यो खेलमा विलियम इकोकले ७१ औं मिनेटमा मोजुकिचलाई डिबक्सभित्र लडाएका थिए । त्यसपछि रेफि्रले क्रोएशियालाई पेनाल्टी दिए । यो अवसरलाई लुकाले सदुपयोग गरे र बललाई जाली चुमाए ।

यसअघि नाइजेरियाका एटेबोले ३२ औं मिनेटमा आफ्नै पोष्टमा गोल हाने । क्रोएशियाको मोजुकिचले गरेको हेडिङलाई बचाउन खोज्दा एटेबोले बललाई आफ्नै गोलपोष्टमा छिराएका थिए ।

विश्वकपमा नाइजेरिया र क्रोएशिया पहिलोपटक आमनेसामने भएका थिए । तर, नाइजेरियाले १४ पटकसम्म गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेन । ४७ प्रतिशत बल पोजिसन आफ्नो पक्षमा राखेको नाइजेरियाले ५ कर्नर प्रहारको अवसर पाएको थियो । फिफाको तालिकामा क्रोएशिया २० औं र नाइजेरिया ४८ औं स्थानमा छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा