2026-07-24 10:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एनएमबि बैंकको एफपिओ आजदेखि संस्थागत लगानीकर्तालाई पनि

असार ३,काठमाडौं । एनएमबि बैंकले जेठ ३० गतेदेखि निष्काशन गरेको थप सार्वजनिक निष्काशन (एफपिओ) सोमबारदे खि संस्थागत लगानीकर्तालाई समेत खुला गरिने भएको छ । सर्वसाधारणहरुले सबै सेयर खरिद नगर्ने देखिएपछि बैंकले संस्थागत लगानीकर्ताका लागि पनि सेयरमा आवेदन खुला गरेको हो । 

एफपिओमा हालसम्म धेरै लगानीकर्ताको आवेदन परेपनि अधिकांशले १० कित्ताका लागि मात्रै आवेदन दिएको बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । सोमबारदेखि सामूहिक लगानी कोष, विभिन्न इन्भेष्टमेन्ट कम्पनी र बीमा कम्पनी लगायतका संस्थागत लगानीकर्ताले समेत आवेदन दिन पाउने भएपछि सबै एफपिओ विक्री हुने अपेक्षा गरिएको छ । आइतबार पनि सबै आवेदन नपरे निष्काशित एफपिओ बिक्री नभएसम्मका लागि लगानीकर्ताले आवेदन दिन सक्ने बताइएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५७ हजार ७० कित्तासम्म आबेदन गर्न सकिने बैंकको शेयर निश्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन पाइनेछ । मेरो शेयर प्रयोकर्ताले भने घरमै बसेर इन्टरनेटको माध्यमबाट आवेदन दिन सक्नेछन् ।

बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३३३ रुपैयाँमा एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्काशन गरेको हो । हाल एननएमबीको दोस्रो बजारमा प्रतिकित्ता ३७२ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक