१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बजेट संविधानसंग बाँझिएको भन्दै संसद अवरुद्ध

३ असार २०७५, आईतवार १६:२८

असार ३ सुर्खेत | कर्णाली सरकारले ल्याएको बजेट संविधानसंग बाँझिएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले नियमापत्ती गरेपछि कर्णाली प्रदेश सभा बैठक अवरुद्ध भएको छ । बैठक शुरु भए लगत्तै नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारले ल्याएको बजेट संविधानसंग बाँझिएको भन्दै सैद्धान्तिक छलफल हुन नसक्ने भन्दै नियमापत्ती गरे पछि सभामुख राजबहादुर शाहीले आधा घण्टा बैठक स्थगित गरेका थिए ।

आइतबारको बैठकमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली सरकारको बजेट विनियोजन विधेयक सैद्धान्तिक छलफलका सभामा प्रस्ताव गर्ने कार्यसूची थियो । प्रतिपक्षीको अवरोधले प्रदेश सभामा प्रस्ताव पेश हुनै पाएन । बैठकको सुरुमै प्रतिपक्षी दलका नेता शाहीले नेपालको संविधानसंग जुध्ने गरी कुनै पनि स्थानीय तह, प्रदेश सरकार तथा संघीय सरकारले पनि कुनै पनि काम गर्न नसक्ने भन्दै कर्णाली प्रदेश सरकारले ल्याएको बजेट नेपालको संविधानको भाग १६ धारा २०७ मा विपरित भएको भन्दै नियमापत्ती गरे ।

संविधान विपरित आएको बजेटमाथिको सैद्धान्तिक छलफल अगाडि बढ्न नसक्ने भन्दै कांग्रेस सांसद बैठकमा उभिए पछि बैठक अगाडि बढ्न नसकेको हो । ‘संविधान बमोजिम चालु आर्थिक वर्षको तीन महिनाका लागि सरकारले प्रत्येक मन्त्रालयलाई छुट्याइएको रकम र खर्च अनुसारको लक्ष्य हाँसिल भयो÷भएन भन्ने विषय बजेटमा खुलाइएको छैन’ उनले भने, ‘त्यसैले संविधान विपरितको बजेटमाथिको सैद्धान्तिक छलफल अगाडि बढ्न सक्दैन ।’

कर्णाली सरकारले संविधानलाई मिचेर वितरणमुखी बजेट ल्याएको भन्दै काँग्रेसले बजेट सच्याउन सरकारसंग माग गरेको छ । ‘कानुन नबनाई कर लगाउन पाइँदैन’ शाहीले भने, ‘सरकारले कर्णालीका नागरिकको ढाड सेक्ने गरी करको दर तोकेको छ ।’ उनले कानुन बनाउन र संविधान पालना गर्न आफुहरु गम्भीर भएको बताए ।


प्रदेश सभा बैठक सञ्चालनका लागि सोमबार कार्य व्यवस्था परामर्श समितिमा छलफल गरी समाधान खोजिने सभामुख राजबहादुर शाहीले बताए । आइतबार सभामुखले सहमतिका लागि राजनीतिक छलफल आव्ह्रान गरे पनि छलफल निष्कर्षविहीन भएको छ । ‘केही कानुनी जटिलता भएपछि पुनः संसद बैठक बस्न सकेन’ सभामुख शाहीले भने, ‘भोली (सोमबार) सहमति गरेर पर्सीदेखि संसद नियमित सुचारु गर्ने गृहकार्यमा जुटेको छु ।’

यसैबीच, कर्णाली प्रदेश सभाको २०७४ फागुन १२ गतेको बैठकले तत्कालिन ६ नम्बर प्रदेशलाई ‘कर्णाली प्रदेश’ र राजधानी ‘वीरेन्द्रनगर, सुर्खेत’ तोक्ने निर्णय गरेको थियो । तर उक्त निर्णयको राजपत्र प्रदेश सभाले आइतबार मात्र जानकारी पाएको जनाएको छ ।  प्रदेश सभामा वितरण गरिएको राजपत्रमा प्रकाशित सूचनामा प्रकाशित मिति २०७४ फागुन १४ गते उल्लेख गरिएको छ । कर्णाली प्रदेशको राजपत्रको सूचना काठमाडौंको सिंहदरबारमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन