2026-10-15 02:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बजेट संविधानसंग बाँझिएको भन्दै संसद अवरुद्ध

असार ३ सुर्खेत | कर्णाली सरकारले ल्याएको बजेट संविधानसंग बाँझिएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले नियमापत्ती गरेपछि कर्णाली प्रदेश सभा बैठक अवरुद्ध भएको छ । बैठक शुरु भए लगत्तै नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारले ल्याएको बजेट संविधानसंग बाँझिएको भन्दै सैद्धान्तिक छलफल हुन नसक्ने भन्दै नियमापत्ती गरे पछि सभामुख राजबहादुर शाहीले आधा घण्टा बैठक स्थगित गरेका थिए ।

आइतबारको बैठकमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली सरकारको बजेट विनियोजन विधेयक सैद्धान्तिक छलफलका सभामा प्रस्ताव गर्ने कार्यसूची थियो । प्रतिपक्षीको अवरोधले प्रदेश सभामा प्रस्ताव पेश हुनै पाएन । बैठकको सुरुमै प्रतिपक्षी दलका नेता शाहीले नेपालको संविधानसंग जुध्ने गरी कुनै पनि स्थानीय तह, प्रदेश सरकार तथा संघीय सरकारले पनि कुनै पनि काम गर्न नसक्ने भन्दै कर्णाली प्रदेश सरकारले ल्याएको बजेट नेपालको संविधानको भाग १६ धारा २०७ मा विपरित भएको भन्दै नियमापत्ती गरे ।

संविधान विपरित आएको बजेटमाथिको सैद्धान्तिक छलफल अगाडि बढ्न नसक्ने भन्दै कांग्रेस सांसद बैठकमा उभिए पछि बैठक अगाडि बढ्न नसकेको हो । ‘संविधान बमोजिम चालु आर्थिक वर्षको तीन महिनाका लागि सरकारले प्रत्येक मन्त्रालयलाई छुट्याइएको रकम र खर्च अनुसारको लक्ष्य हाँसिल भयो÷भएन भन्ने विषय बजेटमा खुलाइएको छैन’ उनले भने, ‘त्यसैले संविधान विपरितको बजेटमाथिको सैद्धान्तिक छलफल अगाडि बढ्न सक्दैन ।’

कर्णाली सरकारले संविधानलाई मिचेर वितरणमुखी बजेट ल्याएको भन्दै काँग्रेसले बजेट सच्याउन सरकारसंग माग गरेको छ । ‘कानुन नबनाई कर लगाउन पाइँदैन’ शाहीले भने, ‘सरकारले कर्णालीका नागरिकको ढाड सेक्ने गरी करको दर तोकेको छ ।’ उनले कानुन बनाउन र संविधान पालना गर्न आफुहरु गम्भीर भएको बताए ।

प्रदेश सभा बैठक सञ्चालनका लागि सोमबार कार्य व्यवस्था परामर्श समितिमा छलफल गरी समाधान खोजिने सभामुख राजबहादुर शाहीले बताए । आइतबार सभामुखले सहमतिका लागि राजनीतिक छलफल आव्ह्रान गरे पनि छलफल निष्कर्षविहीन भएको छ । ‘केही कानुनी जटिलता भएपछि पुनः संसद बैठक बस्न सकेन’ सभामुख शाहीले भने, ‘भोली (सोमबार) सहमति गरेर पर्सीदेखि संसद नियमित सुचारु गर्ने गृहकार्यमा जुटेको छु ।’

यसैबीच, कर्णाली प्रदेश सभाको २०७४ फागुन १२ गतेको बैठकले तत्कालिन ६ नम्बर प्रदेशलाई ‘कर्णाली प्रदेश’ र राजधानी ‘वीरेन्द्रनगर, सुर्खेत’ तोक्ने निर्णय गरेको थियो । तर उक्त निर्णयको राजपत्र प्रदेश सभाले आइतबार मात्र जानकारी पाएको जनाएको छ ।  प्रदेश सभामा वितरण गरिएको राजपत्रमा प्रकाशित सूचनामा प्रकाशित मिति २०७४ फागुन १४ गते उल्लेख गरिएको छ । कर्णाली प्रदेशको राजपत्रको सूचना काठमाडौंको सिंहदरबारमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए