२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकपमा सेनेगलको भाग्य: पहिलो गोल आत्मघाती, दोस्रो गोल खाली पोस्टमा

२०७५, ५ असार मंगलवार १७:२२

असार ५, काठमाडौँ | रुसमा जारी विश्वकप अन्तर्गत मंगलबार राति भएको पोल्याण्ड र सेनेगालको खेल निकै रोचक बन्यो । बलियो टिम मानिएको पोल्याण्डले धेरै पटक गोल गर्ने अवसर गुमायो तर सेनेगालमा गोल गर्न त्यति असहज भएन । 

रुसको मस्को स्पार्कटक स्टेडियमममा भएको सेनेगाल र पोल्याण्ड बीचको खेलमा पहिलो हाफको ३८ औं मिनेटमा पोल्याण्डका खेलाडी थियागो रेन्जेल सियोनेकले आत्माघाती गोल गरेर सेनेगाललाई अग्रता दिलाईदिए । काउन्टर अट्याकका क्रममा सेनेगालका इद्रिसा गुइले प्रहार गरेको बल क्लियर गर्ने क्रममा थिएगोले आफ्नै पोस्टको जाली चुमाएका हुन् ।


फेरी अर्को गोल झनै रोचक बन्यो । दोश्रो हाफपछी ६० औं मिनेटमा सेनेगालका माइ नाइङले खालि पोष्टमा गोल गरिदिए । पोल्याण्डका गोलकिपर बल खोस्न डिबक्सबाट धेरै परसम्म पुगेपछि उनलाई समेत छलेर माइ नाइङले खालि पोष्टमा सजिलै गोल गर्दै सेनेगाललाई २ गोलको अग्रतामा अझै बलियो बनाए । 


त्यसपछि पोल्याण्डले खेलको ८५ औं मिनेटमा फ्रिकिक पायो । पियोटर जिलिन्स्कीले प्रहार गरेको फ्रिकिकमा ग्रिजेगोर्ज क्रिचोविकले उत्कृष्ट गोल गरेका थिए । त्यसपछि पनि लगातार आक्रमण गरेको पोल्यान्डले थप गोल गर्न भने सकेन । 

यसअघि २००२ मा पहिलोपटक विश्वकपमा सहभागिता जनाउँदा नै पहिलो खेलमा साविक विजेता फ्रान्सलाई पराजित गरेर सनसनी मच्चाएको सेनेगल त्यसबेला क्वार्टरफाइनलसम्म पुगेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा