२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिनेः नगर प्रमुख

६ असार २०७५, बुधबार ०६:५०

कमल रावल/असार ६, अछाम | मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिने बताउनु भएको छ ।
मंगलसेन नगरपालिका वडा नम्बर ६ को वडा कार्यालय सहित आर्थिक बर्ष २०७५र०७६ को बार्षिक निति तथा कार्यक्रम सार्बजनिकिकरण सभामा प्रमुख अतिथिको आशनबाट बोल्दै बोहराले मगलसेन नगरपालिका सम्भाबना बोकेको नगर भएकाले प्राकृतिक स्रोत, उर्बर भुमि, पानिको स्रोत, पर्यटकिय क्षेत्रले भरिपुर्ण नगर भएकाले समृध्दि सहितको नगर बनाउन सबैले साथ दिनु पर्ने बताउनु भयो ।

स्वाभिमानका साथ स्वामित्व लिएर आफु अघि बढे समाज परिवर्तन हुनेमा उहाले जोड दिनु भयो ।
नगर भित्र आफु अनियमितता कहिले पनि नगर्ने र यदि त्यसो आफुमाथि हुन आए पदमा समेत नरहने प्रतिबदता जनाउनु भएको थियो । थुप्रै कानुनि जटिलता सहित विकट बस्तिका समस्या थुप्रै भएपनि पुरातन चिन्तनबाट बाहिर निस्केर आफनो टोल, गाउ, नगर बनाउन आफै जागरुप हुनु पर्नेमा बोहराको जोड रहेको थियो ।

अध्यक्षता सहित वडा नम्बर ६ को बार्षिक निति तथा कार्यक्रम वडाअध्यक्ष   जनकराज भण्डारिले प्रस्तुत गर्नु भएको कार्यक्रमका बिशिष्ट अतिथि तत्कालिन जनालिवण्डालि गाबिसका पुर्ब अध्यक्ष प्रभुनाथ भण्डारिले नमुना वडालाई सफल पार्नका लागि सबैका आबश्यकताका योजनालाई पहिलो प्राथमिकतामा राख्नु पर्नेमा जोड दिएका थिए ।
कृषि, पर्यटन, शिक्षा, सरसफाइ र बस्ति बस्तिमा धारा, नमुना वडा निर्माणमा जुटौँ वडा बासि सारा भन्ने नाराका साथ भएको कार्यक्रमबाटै वडालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा समेत घोषणा गरिएको थियो । कार्यक्रममा सबै वडाध्यक्षको तर्फबाट वडा नम्बर ९ का अध्यक्ष झपट बहादुर रावल, नेपालि काग्रेस मगलसेन नगरसभापति पुष्पराज भण्डारि, नेकपा एमाले वडा सचिव लोकराज भण्डारि, काग्रेस वडा सभापति हेमराज भण्डारि, मालिका पर्यटन क्षेत्रका महादेब भण्डारि, गगा माबिका अध्यक्ष चन्द्र प्रसाद भण्डारि, प्रधानाध्यापक मनिराज भण्डारि, टोल बिकास सस्थाको तर्फबाट नन्दाराम भण्डारि, महिला सन्जालका गँगा ढुगाना, युवा क्लका बिष्णु भण्डारि, बालक्लबका रेबन्त भण्डारिले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
वडा सदस्य नरपति भण्डारिको स्वागत मन्तब्यबाट सुरु भएको  कार्यक्रमको सन्चालन सचिव नन्दराज ढुगानाले गर्नु भएको थियो । आजै वडा नम्बर १३ बस्तिको वडा परिषद समेत सम्पन्न भएको छ । ८  गते भित्र सबै वडा परिषद सकेर १० गते मगलसेन नगरपालिकाको नगरसभा गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य