2026-07-26 06:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१८’को उपाधि ओजस्बीराज थापा र संध्या अर्याललाई

असार ६, काठमाडौं | ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१८’को उपाधि ओजस्बीराज थापा र संध्या अर्यालले जितेका छन् । ब्राइट फ्युचर स्कुल नैकापमा अध्यायनरत ओजस्बीले मिष्टर पपुलर र भियुर च्वाइस अवार्ड सहित छात्र र त्रिभुवन पब्लिक स्कुल मैतिदेबीमा अध्यायनरत संध्याले बेष्ट स्पिच र युट्युव च्वाइ अवार्ड सहित छात्रा तर्फको शिर्ष उपाधि हात पारेका हुन् । 

सोमबार अबेर साँझ राजधानीको रसिएन कल्चर सैनटर कमल पोखरीमा आयोजित कार्यक्रममा एकै स्टेजबाट ‘मिस एसईई युनिभर्सल २०१८’ समेत गरेर तीन बिजेता एकसाथ छानिएको थियो । जसमा ‘मिस एसईई युनिभर्सल २०१८’को ताज सुभेक्षा खड्काले हात पारिन् ।

कार्यक्रममा ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१८’ तर्फ रिकेश घिमिरे र समिक्षा मिजार फष्टरनर अफ चुनिदा सेकेन्ड रनर अप दीजन भट्टराइ र सबिना बुढाथोकी भए । मिस एसईई युनिभर्सल तर्फको फष्ट रनर अफ, सेकेन्ड रनर अप र थर्ड रनर अप क्रमश अनुजा खनाल, प्रनिसा राय, अनुपम अधिकारीले प्राप्त गरे ।

ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टका लागि आषिश कुमार मिश्र आयोजक रहेको प्रतियोगीता ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१८’को छात्र तर्फ बिशाल तामाङ मष्ट डिजरभिङ, राहुल चन्द बेष्ट फिजिक,राम ढुङ्गाना मष्ट फोटोजेनिक, सागर चौधरी बेष्ट वाक, रिकेस घिमिरे मोष्ट ट्यालेन्ट, लिकेश तामाङ मष्ट ह्याण्डसम, डिजन भट्टराइ बेष्ट स्पिच, राकेश खिउजु सोशल एमबासडर र संजय तामाङ बेष्ट पर्सनालिटी छानिदा छात्रा तर्फ समिक्षा मिजार मिस क्याटवा, इन्चि शेर्पा भियुर च्वाइ, श्रदा सुवेदी बेष्ट डान्स, अकेसा केसी मष्ट गर्रजिअस, सस्मित बेष्ट हेयर,रोशनी कटुवाल बेष्ट पर्सनालिटी, प्रज्ञा सेन्च्युरी बेष्ट स्माइल र फोटो जेनिक, नेहा जोशी बेष्ट स्क्रिन, कशिस घले फेसन आइकन सबिना बुढाथोकी मष्ट डिर्जभिङ, श्रद्धा केसी बेष्ट सिंगर, प्रान्जली खड्का ब्युउटी विथ परपस र सलिना मष्ट ट्यालेन्ट घोषित भए । 

अश्विनी झाको कोरियोग्राफी र आकाश गिरीको कार्यक्रम संयोजन रहेको प्रतियोगीतामा मिस एसईई युनिभर्सल तर्फ क्रितिका सुवेदी फेसन आइकन, अलिसा ढकाल फोटोजेनिक र मष्ट डिसिप्लेन, नम्रता सापकोटा मष्ट चार्मिङ,मोनिका श्रेष्ठ ब्युउटी विथ परपस र बेष्ट फिजिक, आसिका पनित बेष्ट स्क्रिन, समृति श्रेष्ठ बेष्ट स्माइल, अमिस बिश्वकर्मा मक्ष्ट गरजिअस, चाहना लामा बेष्ट हेयर, मन्दिपा मगर मष्ट फेज्ढली, स्वरनिमा केसी बेष्ट डान्स र विमला लम्साल बेष्ट स्पीच सव टाइटल बिजेता बने ।

सांगीतिक धुमधमाका सहित आयोजित प्रतियोगीताका शिर्ष बिजेताले ताज सहित बिभिन्न अवसर पुरस्कारको रुपमा प्राप्त गरेका थिए  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ