२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्जेन्टिनाले लज्जास्पद रुपमा हारेपछि अर्जेन्टिनाका कोच सामपाओलीले दिए यस्तो प्रतिक्रिया

८ असार २०७५, शुक्रबार ०३:१२

असार ८, काठमाडौं | रुसमा जारी विश्वकपका आफ्नै दुवै खेलमा खराव प्रदर्शन भएपछि अर्जेन्टिनाका प्रशिक्षक साम्पावलीले माफी मागेका छन् । 

साम्पावलीले बिहिबार रातिको निकै खराव प्रदर्शनका कारण समर्थकहरुसँग माफी मागेका हुन् । गएराति सम्पन्न खेलमा अर्जेन्टिना क्रोएशिसँग ३–० गोलले पराजित भएपछि उनले सम्पुर्ण खेलको जिम्मेवारी लिदै मिडियासामु माफी मागेका छन् । 


उनले भने ‘खेल हार्नुमा मेरो दोष छ, अर्जेन्टिनाका समर्थकहरु मलाई क्षमा गरिदिनुहोस् ।’ 

प्रशिक्षक साम्पावलीले खेलको रणनीति ठीक नभएको भन्दै ३–४–३ बनाउनाले खेलमा गतिलो प्रभाव नपरेको, सर्जियो अगुइरोलाई मैदानबाट निकाल्ने जस्ता गलत निर्णय भएको उनले बताए ।

लियोनल मेसीको बिषयमा बोल्दै उनले भने 'अन्य खेलाडीहरु राम्ररी चल्न नसक्दा मेसीको खेल्ने क्षेत्र थोरै भयो ।' 


समूह 'डी' अन्तर्गत आफ्नो दोश्रो खेलमा पराजित भएको अर्जेन्टिनाको लागि नकआउट चरणमा पुग्ने सम्भावना भने अझै जिवितै छ । तर बलियो टिम मानिएको आइसल्याण्डले आफ्नो बाँकी दुवै खेल जितेमा अर्जेन्टिना समूह चरणबाटै बाहिरिनेछ । तर लगातार दोश्रो खेल जितेको क्रोएसियासँग पनि आइसल्याण्डले सामना गर्ने हुँदा उक्त खेल जित्नु आइसल्याण्डको लागि चुनौतीपूर्ण हुनेछ । त्यस्तै यस अघिको खेलमा पराजित भएको नाइजेरियाले पनि दुई खेल खेल्न बाँकी छ, त्यसैले अब आइसल्याण्ड र नाईजेरियाको दोश्रो खेल हेरेपछि मात्र अर्जेन्टिनाको विश्वकप यात्राको आंकलन लगाउन सकिन्छ ।

आइसल्याण्ड र नाइजेरिया बीचको खेल आज (शुक्रबार) ८:४५ बजे हुँदैछ । खेलमा नाइजेरिया बिजयी भए त्यसको फाइदा अर्जेन्टिनालाई हुनेछ । त्यसैले अर्जेन्टिनाको नकआउट चरणमा जाने सम्भावना आइसल्याण्डको खेलमा भर पर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य