असार १०, काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
शुक्रबार प्रतितोला ५७ हजार ७ सय रुयैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज पनि यथावत मूल्य मै कारोबार भैरहेको छ | आज छापावाला सुन प्रतितोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
यस्तै, शुक्रबार तेजावी सुन प्रतितोला ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि प्रतितोला ५७ हजार सात चार रुपैयाँ मै कारोबार भइरहेको छ ।
आइतबार चाँदी प्रतितोला मूल्य पाँच रुपैयाँले बढेको छ । शुक्रबार चाँदी प्रतितोला मूल्य ७६५ रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर ७७० रुपैयाँमा कारोबार भइरहेको छ ।