2026-09-13 06:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधानको कार्यान्वयन काँग्रेसले मात्र गर्न सक्छः नेता निधि

असार ११, बर्दिवास | नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र उन्नत अभ्यासका लागि काँग्रेसभित्र सुदृढ एकताको आवश्यकता औँल्याउनु भएको छ । 

महोत्तरीको सदरमुकाम जलेश्वरस्थित पार्टी कार्यालयमा आज जिल्लाका अगुवा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै उपसभापति निधिले काँग्रेसभित्रको बिग्रहले पार्टीमात्र नभई लोकतन्त्र नै कमजोर हुने भएकाले सङ्गठनभित्र सम्पूर्ण एकताको आवश्यकता औँल्याउनुभयो । 

“यो मुलुकमा प्रजातन्त्र भन्नोस् वा लोकतन्त्र, काँग्रेसकै अगुवाइमा सम्भव भएको हो”–उहाँले भन्नुभयो, “काँग्रेसको जन्म नै प्रजातन्त्रका लागि भएकाले अहिलेको लोकतान्त्रिक संविधानको सफल कार्यान्वयन पनि काँगे्रसले नै गर्न सक्छ ।” यसका लागि पार्टीभित्र सुदृढ एकताको खाँचो भने रहेको निधिको भनाइ थियो । 

संविधान घोषणाको तीन वर्ष नपुग्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतीय शासन प्रणालीको कुरा उप्काएर मुलुकलाई अस्थिर बनाउन खोजेको उहाँको आरोप थियो । “कम्युनिष्टहरु उपयोगको नीतिले संविधान मान्दैछन्”–निधिले भन्नुभयो, “काँग्रेसका लागि त लोकतन्त्र उपयोगको कुरा हैन, जीवन पद्धति नै हो ।” 

काँग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले जनतासँग न्यानो सम्बन्ध विकास गर्दै भ्रष्टाचार र बेथितिविरुद्ध सङ्गठित अभियान बढाउन कार्यकर्तालाई अपिल गर्नुभयो । कार्यक्रममा जिल्लाका अगुवा कार्यकर्ताले पार्टी नेतृत्वबाटै विभाजित भएकामा रोष प्रकट गरेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन