2026-09-19 07:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्रधानमन्त्रीलाई नेविसंघको चेतावनी: विद्रोह नै चाहेको भए लड्न आउ (भिडियो)

असार १२, पर्वत । नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विद्रोहनै चाहेको भए, सेना लिएर मैदानमा आउन प्रधानमन्त्री ओलीलाई चेतावनी दिएको छ ।

लगातार पाँच पटकसम्म पेट्रोलियम पदार्थको मुल्यबृद्धि गरेको सरकारबिरुद्दको बिरोधमा मोटरसाइकल सहितको र्यालीमा नेविसंघ पोखराका नेताले यस्तो अभिव्यक्ति दिएका हुन् ।

विद्यार्थी संगठनले शान्तिपूर्ण रुपमा गरेको आन्दोलनलाई वेवास्ता गरे त्यसको नतिजा नराम्रो हुने समेत नेविसंघ पोखराले जनाएको छ । “किन हान्छौ ओली, महङ्गीको गोली,केपी ओली कान खोल, अब त जनता बोल” नारा लगाउँदै नेविसंघ पोखराले पोखराको महेन्द्रपुलमा जुलुुसपछि कोण सभा गरेको थियो ।

आफूहरुले शान्तिपूर्ण रुपमा सरकारले गरेको गलत निर्णयको विरोध गरेको र शान्तिपूर्ण रुपमा गलतलाई सच्चाउनको लागि ध्यानाकर्षण गरेको तर सरकारले यसलाई बेवास्ता गरे आफूहरु कडारुपमा प्रस्तुत हुने चेतावनी समेत दिएको छ ।

कोणसभामा बोल्दै पोखरा नेविसंघका एक नेताले आफूहरु हिंसा नचाहेको तर सरकारले हिंसाको बाटो चाहेको भए आफूहरु तयार रहेको आसयको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल भइरहेको छ । उक्त भिडियोमा ति विद्यार्थी नेताले ओली सरकारले, सेना, प्रहरी, शसस्त्र लिएर पृथ्वीनारायण क्याम्पसमा आउनको लागि समेत चेतावनी दिएका छन् ।

यता नेविसंघ पर्वतले पनि हर्न बजाउदै बाइक र्याली निकालेको छ । महङ्गीको विरोध गर्दै चरणबद्ध आन्दोलनमा होमिएको नेविसंघले पर्वतमा पनि विरोध प्रर्दशन गरेको हो ।

भिडियाे हेर्नुहाेस्


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई