2026-07-24 10:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाण्डौको दुई भिन्न स्थानमा महिला र पुरुषको बेवारिसे शव फेला

असार १३, काठमाडौँ । काठमाडौंको उपत्यकाका बिभिन्न स्थानमा दुइ वेवारिसे शव भेटीएको छ । बुधबार बिहान ललितपुर र काठमाडौंको सिमानामा पर्ने बागमतीको पुल मुनि एक महिलाको शव भेटिएको छ ।  बाग्मती किनारमा टाउको र खुट्टा गाडीएको अवस्थामा युवतीको शव भेटीएको प्रहरीले जनाएको छ ।

बुधबार बिहान अन्दाजी २८ देखी ३० वर्षकी महिलाको शव बागमती नदीको किनारमा भेटिएको पाटन प्रहरीले जनाएको छ ।

युवतीको टाउको र खुट्टाको भाग नदी किनारको हिलोमा गाडिएको तथा ढाडको भाग देखिएको अवस्थामा शव भेटिएको हो । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । त्यस्तै काठमाडौंको बौद्ध स्थित माकलबारीको खोलाको किनारमा आज बिहान एक निर्वस्त्र अवस्थामा पुरुषको शव फेला परेको छ ।

पहिचान खुल्न नसकेको अन्दाजी ३०,३५ वर्ष उमेरको पुरुषको शव खोलाको किनारमा फेला परेको हो । मृतक पुरुषको शरिरमा कपडा नभएको र टाउकोको पछाडिपट्टि घाउ देखिएको प्रहरीले बताएको छ ।

खोलाको किनारमा निर्वस्त्र अवस्थामा एक पुरुषको शव देखेपछि त्यहाँका स्थानीयबासीले बौद्ध प्रहरीमा खबर गरेका थिए। खबर पाएसँगै प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।

युवती र पुरुष दुवैको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक