2026-07-24 08:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नो क्षेत्रमा बाढी आउँदै छ कि ? यसरी थाहापाउनुस्

असार १८, काठमाडौं । वर्षायाम सुरु भएसँगै मनसुन सक्रिय भएको छ । अविरल वर्षासँगै देशका केही ठाउँमा डुवान भएको छ । खहरेखोला र नदीहरुमा पानीको सतह बढेको छ । बाढी र पहिरोको जोखिम पनि उतिकै छ ।

तपाईंको घर नजिकै पनि सानाठूला खोला र नदीहरु छन् भने सतर्क हुनेवेला आएको छ । पानीले भिजेको जमिन भासिने र पहिरो जान सक्ने भएकोले त्यसतर्फपनि सचेत हुनु जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वसूचना सेवाले जनाएको छ ।

तपाईंको नजिकैको खोलामा पनि बाढी आउँदै छ कि ? यसरी थाहापाउनुहोस्ः

१) ११५५ टोल फ्री नम्बरमा असार, साउन, भाद्र र असोज महिनाभरी फोन गर्नुहोस् र सोध्नुहोस् । यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन

२) तपाईं बाढी वा पहिरोको जोखिमयुक्त स्थानमा वा नजिकै हुनुहुन्छ भने मोवाइलमा ११५५ नम्बरबाट ‘सतर्करहनुहोस्’ भन्ने अभिप्रायको एसएमएस पनि आउन सक्छ । यसरी प्राप्त सूचना वरपरका सबैलाई जानकारी पनि गराउनुहोला ।

३) तपाईं मोवाइल, ल्यापटप वा कम्प्यूटरमा इन्टरनेट सेवा प्रयोग गर्ने गर्नुहुन्छ भने www.hydrology.gov.np  भित्र गएर हेर्नुहोस् । त्यहाँ आगामी २४ घण्टासम्मको बाढी भविष्यवाणी अपडेट भइराखेको हुन्छ छ । कुन नदीमा कती बहाब छ, कहाँ कती पानी परिराखेको छ भन्ने जान्न River Watch र Rainfall Watch  हेर्नुस् ।

४) बाढी सूर्व सूचना वा धेरै वर्षा भएको स्थानमा पहिरोका जोखिमको पूर्वसूचना पाउन नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा फोनसमेत गर्न सक्नुहुन्छ ।

५) वर्षातको समयमा निरन्तर समाचार सुन्ने बानी पनि बसाल्नुसोस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक