पर्वत । एक बर्ष सकिनै लाग्दा स्थानीय तहले बिभिन्न बाहनामा कार्यक्रम गरिरहेका छन् । उनीहरु जसरी पनि बजेट सक्ने र केहि हिस्सा वडाध्यक्षको हातमा पार्ने प्रपञ्च गरिरहेका छन् । तिनै प्रपञ्चका श्रृखंला गर्नेमा कुश्मा नगरपालिका ७ पनि परेको छ । यो वडाले असारम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । एक बर्ष सकिनै लाग्दा स्थानीय तहले बिभिन्न बाहनामा कार्यक्रम गरिरहेका छन् । उनीहरु जसरी पनि बजेट सक्ने र केहि हिस्सा वडाध्यक्षको हातमा पार्ने प्रपञ्च गरिरहेका छन् । तिनै प्रपञ्चका श्रृखंला गर्नेमा कुश्मा नगरपालिका ७ पनि परेको छ । यो वडाले असारम"/>
2026-09-19 07:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बजेट सक्न डुब्लिकेशन गर्दै कुश्मा ७ वडा कार्यालय, भ्रष्टाचारको गन्ध देखियो

पर्वत । एक बर्ष सकिनै लाग्दा स्थानीय तहले बिभिन्न बाहनामा कार्यक्रम गरिरहेका छन् । उनीहरु जसरी पनि बजेट सक्ने र केहि हिस्सा वडाध्यक्षको हातमा पार्ने प्रपञ्च गरिरहेका छन् । तिनै प्रपञ्चका श्रृखंला गर्नेमा कुश्मा नगरपालिका ७ पनि परेको छ । यो वडाले असारमा बजेट सक्न महिलाहरुका लागि भन्दै १५ दिनमै उद्घोषण तालिम दोहोराएको छ । 

यहि जेठ २६ देखि ३० गते सम्म तालिम सञ्चालन गरेको वडाले फेरि असार १८ देखि २२ गतेसम्म अर्को तालिमको आयोजना गरेको छ । पहिलो तालिममा ७५ हजार रुपैयाँ खर्च भएको थियो । अवको तालिममा पनि त्यतिनै खर्च पक्कै लाग्नेछ । १५÷ १५ दिनमा महिलाका लागि तालिम आवश्यकता भन्दा पनि कसैलाई खुशी पार्न आयोजना गरिएको वडा सदस्यहरु बताउँछन् । 

एक जना वडा सदस्यले वडाध्यक्ष दवावमा परेर तालिम आयोजना गरेको हुनसक्ने बताउँछन् । वडाध्यक्ष सुवासचन्द्र पौडेलले १५ दिनमै किन अर्को तालिम भन्ने जिज्ञाशामा एउटा रेडियोको स्टेशन म्यानेजरले तालिम दिएपछि अर्को रेडियोले पनि तालिम दिन ईच्छा देखाएपछि आयोजना गरिएको बताए । तालिम स्थानीय महिलाहरुको आवश्यकता हो कि कुनै सञ्चारमाध्यमलाई खुशी पार्न आयोजना गरिन्छ भन्ने प्रश्न तेर्सिएको छ । यसअघि पत्रकार ओमप्रसाद घायलले तालिम दिएका थिए । उनलाई वडाले तालिमका लागि व्याक्तिगत रुपमा निम्ताएको बताए । उनले तालिम दिएपछि रेडियो कुशुमले पनि तालिम माग्यो । रेडियो शालिग्रामका म्यानेजर रहेका घायलले तालिम दिएकाले कुसुमले पनि तालिम मागेको हो । दवावमा परेर पौडेलले रेडियो कुशुमलाई पनि तालिम आयोजनाको अवसर दिएको बुझिएको छ । घायलले संस्थागत रुपमा नभई व्याक्तिगत चिनजानको हिसावले तालिमको सहजीकरण गर्ने मौका पाएको बताए । महिलाहरुको माग बिनै र वडा सदस्यहरुको सहमती बिनै वडाध्यक्षले एकल निर्णय गरेर तालिमको आयोजना गरेपछि बिबाद देखिएको छ । 

वडामा महिलाहरुको नाममा बिनियोजित रकम उद्घोषण तालिममा मात्रै खर्च हुँदा महिला ससक्तिकरणका अन्य कार्यक्रम प्रभावित भएका छन् । भाषणकला तालिम भन्दा अन्य हाते सीप सम्वन्धी तालिम महिलाहरुले आवश्यकताको रुपमा माग गरेका थिए । वडाले भने सञ्चारमाध्यमलाई खुशी पार्न आवश्यकता बिनाको तालिम आयोजना गरेर रमिता देखिएको छ । असारमा बजेट सक्ने मेसोको रुपमा समेत कतिपयले औल्याएका छन् । एउटा तालिम सकिएको केहि दिनमा अर्को तालिम आयोजना गर्नुमा वडाध्यक्षलाई नेकपाका नेता समेत रहेका रेडियो कुशुमका अध्यक्ष गोबिन्द पहाडीले तिव्र दबाब दिएको बुझिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई