२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको राष्ट्रिय भेला असार २७ मा हुने

२०७५, १९ असार मंगलवार ०७:५८

दामोदर दाहाल/असार १९ काठमाण्डौ | नेपालीहरु वैदेशिक रोजगारीको लागि गल्फ, युरोप लगाएत विश्वका विभिन्न मुलुकमा १९९० देखि जाने गरिरहेका छन् । 

वैदेशिक रोजगारी गरेर नेपालीहरुले भित्र्याउने रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका त खेलेको छ नै सँगै उनीहरुले विदेशमा रहदा सिकेका सिपहरुलाई समेत नेपालमा थोरैले भएपनि प्रयोग गर्ने प्रयत्न गरेका छन् तर उनीहरु मध्ये विभिन्न समस्याहरु जस्तै व्यावसायिक ज्ञानको कमि, दक्ष कामदार लगाएत सिमित लगानीको कारण थोरै मात्र सफल भएका छन ।


वैदेशिक रोजगारीमा जाने उर्जाशिल युवाहरुलाई देशमै रोजगारी सृजना गर्दै विदेश जान निरुत्साहित गर्ने भन्ने नारा हरेक पटक सरकारको भएपनि हालसम्म उर्जाशील जनशक्तिलाई विदेश जान रोक्ने ठोस निती तथा कार्यक्रम आउन सकेको छैन। त्यसै गरि विदेशबाट फर्केका व्यक्तिहरुको संगठित संस्था समेत रहेको छैन ।

यहि विषयलाई मध्यनजर गर्दै विदेशवाट फर्केका व्यक्तिहरुको सक्रियतामा आगामी असार २७ गते प्रवासबाट फर्केका व्यक्तिहरुको अधिराज्य व्यापी भेला हुने भएको छ ।

काठमाडौंको रास्ट्रिय सभा गृहमा हुने भेलाको आयोजना भने रास्ट्रिय युवा परिषदले गर्ने भएको छ। 

वैदेशिक रोजगारी टुंग्याएर स्वदेश फर्केका जो कोहि व्यक्ति उपस्थित हुन सक्ने उक्त भेलामा देश भरिबाटै सहभागिता हुने भेला आयोजना गर्न सक्रिय रहेका उत्तम अधिकारीले हिमालय अनलाइन मिडिया लाई जानकारी दिएका छन ।

भेलालाई व्यवस्थित बनाउन आगामी असार २० गते भित्र फारम भरेर पठाएका व्यक्तिहरुलाई मात्र प्रवेश दिईने र उनीहरुका निमित्त प्रवेश कार्डको व्यवस्था गरिने आयोजकले जनाएको छ । भेला सफल बनाउन सामाजिक संजाललाई प्रयोग गर्दै ग्रुप निर्माण गरि अधिकांश जिल्लाका व्यक्तिहरु जोडिने क्रम जारि रहेको र दिनहुँ फारम भरेर पठाउने काम समेत तीव्र गतिमा भएको जानकारी अधिकारीले दिएका छन ।

वैदेशिक रोजगारबाट फर्किएका पुर्ब प्रबासी नेपालीहरुको वर्तमान अवस्था कस्तो छ? यो वर्गलाई बेलैमा राज्यले उचित सम्बोधन गरेर नीति निर्माण गरि योजना तर्जुमा नगरे यसको दुरगामी असर कस्तो रहला तथा सरकारको प्राथमिकता बिदेशबाट फर्किएका नेपालीलाई पुनः विदेश फर्किनबाट रोक्ने हुनुपर्ने हो कि नयाँ कामदारलाई विदेश जानबाट रोक्नु हो? राज्यको सहयोग वा अनुदान वा राज्य र यो वर्गको संयुक्त लगानी मा के कस्ता परियोजना संचालन गरेर यो वर्गलाइ आत्मनिर्भर बनाउँदै रोजगारी सृजना गर्न सकिन्छ लगायतका थुप्रै विषयहरुको आवाज भेलामा उठान हुने प्रवासबाट फर्केका अगुवाहरुले जानकारी दिएका छन ।

भेलामा सहभागी हुन तलको लिन्कमा क्लिक गरेर अनलाइन फारम भर्न सकिने छ।

https://docs.google.com/forms/d/e/1FAIpQLSeLO5t2aVNHbRdaAeZNITrNFx0kqnriJ6twVIJfHNvw0nhqKg/viewform?c=0&w=1

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता