2026-09-08 01:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल पर्यटन पत्रकार संघ (एन्टोज) को काठमाडौं शाखाको पहिलो अधिवेसन सम्पन्न

असार १९, काठमाडौं । नेपाल पर्यटन पत्रकार संघ (एन्टोज) को काठमाडौं शाखाको पहिलो अधिवेसन सम्पन्न भएको छ । एन्टोजको काठमाडौं शाखाको पहिलो अधिवेसनले जि पि पौडेलको अध्यक्षतामा १५ सदस्यीय कमिटी चयन गरेको छ । 

एन्टोजको वरिष्ठ उपाध्यक्षमा इश्वर पनेरु,महिला समावेसी उपाध्यक्षमा रजिना माझीलाई चयन गरेको छ ।  त्यस्तै सचिवमा दिपेन्द्र बोहरा,सह सचिवमा सौजन लिम्बु, र कोषाध्यक्षमा दिपक पराजुली चयन भएका छन् भने प्रदेश पार्षदमा मनोज पराजुली, छबी सापकोटा र पुजा तिवारीलाई छनौट भएका छन्  ।

एन्टोजका अन्य सदस्यहरुमा आशिष न्यौपाने, अनिल रानाथारु, भुवनराज उप्रेति,  पुष्प भट्ट, उज्जल काफ्ले, अनिल चौधरी, सपना गुरुङ र सृजना पनेरु रहेका छन् । 

काठमाडौं शाखाको पहिलो अधिवेसनलाई सम्बोधन गर्दै एन्टोजका केन्द्रीय अध्यक्ष धनीराम शर्माले पर्यटन क्षेत्रको विकासका लागि पर्यटन पत्रकारको भूमिका उल्लेख्य हुने भएकोले त्यसतर्फ लाग्न पत्रकारहरुलाई आग्रह गरे ।

‘सम्वृद्धिका लागि पर्यटन संचार अभियान’ नाराका साथ नेपाल पर्यटन पत्रकार संघ (एन्टोज) को गठन ४ वर्ष अगाडी भएको भन्दै उनले संघलाई देशव्यापी विस्तार गर्ने अभियानमा लागि परेको बताए । 

सरकारले २० लाख पर्यटक ल्याउने गरि २०२० लाई ‘नेपाल भ्रमण बर्ष ‘ मनाउने तयारी गरेकोले त्यसलाई सफल बनाउन पर्यटन पत्रकारले संचार माध्यम मार्फत अहम् भूमिका खेल्नुपर्नेमा जोड दिए । 

अधिवेसनलाई सहजीकरण गर्दै एन्टोजका केन्द्रिय सदस्य साहस न्यौपानेले पर्यटन पत्रकारको क्षमता विकासका लागि पर्यटनसंग सम्बन्धित सरकारी तथा गैर सरकारी संस्थाहरुसंग सहकार्य गरि अगाडी बढ्ने बताए । 

नेपाल पर्यटन पत्रकार संघ (एन्टोज)को क्रियाशील जिल्ला समितिको संख्या काठमाडौं थपिएपछि ६३ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल