2026-10-30 06:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल पर्यटन पत्रकार संघ (एन्टोज) को काठमाडौं शाखाको पहिलो अधिवेसन सम्पन्न

असार १९, काठमाडौं । नेपाल पर्यटन पत्रकार संघ (एन्टोज) को काठमाडौं शाखाको पहिलो अधिवेसन सम्पन्न भएको छ । एन्टोजको काठमाडौं शाखाको पहिलो अधिवेसनले जि पि पौडेलको अध्यक्षतामा १५ सदस्यीय कमिटी चयन गरेको छ । 

एन्टोजको वरिष्ठ उपाध्यक्षमा इश्वर पनेरु,महिला समावेसी उपाध्यक्षमा रजिना माझीलाई चयन गरेको छ ।  त्यस्तै सचिवमा दिपेन्द्र बोहरा,सह सचिवमा सौजन लिम्बु, र कोषाध्यक्षमा दिपक पराजुली चयन भएका छन् भने प्रदेश पार्षदमा मनोज पराजुली, छबी सापकोटा र पुजा तिवारीलाई छनौट भएका छन्  ।

एन्टोजका अन्य सदस्यहरुमा आशिष न्यौपाने, अनिल रानाथारु, भुवनराज उप्रेति,  पुष्प भट्ट, उज्जल काफ्ले, अनिल चौधरी, सपना गुरुङ र सृजना पनेरु रहेका छन् । 

काठमाडौं शाखाको पहिलो अधिवेसनलाई सम्बोधन गर्दै एन्टोजका केन्द्रीय अध्यक्ष धनीराम शर्माले पर्यटन क्षेत्रको विकासका लागि पर्यटन पत्रकारको भूमिका उल्लेख्य हुने भएकोले त्यसतर्फ लाग्न पत्रकारहरुलाई आग्रह गरे ।

‘सम्वृद्धिका लागि पर्यटन संचार अभियान’ नाराका साथ नेपाल पर्यटन पत्रकार संघ (एन्टोज) को गठन ४ वर्ष अगाडी भएको भन्दै उनले संघलाई देशव्यापी विस्तार गर्ने अभियानमा लागि परेको बताए । 

सरकारले २० लाख पर्यटक ल्याउने गरि २०२० लाई ‘नेपाल भ्रमण बर्ष ‘ मनाउने तयारी गरेकोले त्यसलाई सफल बनाउन पर्यटन पत्रकारले संचार माध्यम मार्फत अहम् भूमिका खेल्नुपर्नेमा जोड दिए । 

अधिवेसनलाई सहजीकरण गर्दै एन्टोजका केन्द्रिय सदस्य साहस न्यौपानेले पर्यटन पत्रकारको क्षमता विकासका लागि पर्यटनसंग सम्बन्धित सरकारी तथा गैर सरकारी संस्थाहरुसंग सहकार्य गरि अगाडी बढ्ने बताए । 

नेपाल पर्यटन पत्रकार संघ (एन्टोज)को क्रियाशील जिल्ला समितिको संख्या काठमाडौं थपिएपछि ६३ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ