Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चलचित्र ‘बाबु कान्छा’को टाइटल गीत सार्वजनिक(भिडियो)

२०७५, १९ असार मंगलवार ०९:४०

असार १९, काठमाण्डौ | असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता सलोन बस्नेत स्टारर चलचित्र  ‘बाबु कान्छा’को  टाइटल गीत सार्वजनिक गरिएको छ ।केहि समय अघि चलचित्रको सार्वजनिक ट्रेलरलाई दर्शक निक्कै मन पराएपछि चलचित्रको शिर्ष गीत रिलिज गरिएको हो ।

चलचित्रको सार्वजनिक गीतमा चर्चित गायक तथा संगीतकार शम्भुजित बास्कोटाले लामो समयपछि चलचित्र  ‘बाबु कान्छा’मा गीत गएका हुन् ।

अहिलेका निकै चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीको शब्द तथा संगीत रहेको यस गीतलाई दर्शक तथा स्रोताले मन पराउने  संगीतकार टंक बुढाथोकी बताए । शम्भुजित बास्कोटाले आफुले संगीत दिएको गीतमा स्वर दिनु आफ्नो लागि ठुलो अवसर भएको भन्दै टंकले खाली आफ्नो गीतमा आफैले मात्रै गाउन खोजे भन्नेको लागि यो गीत गतिलो जबाफ भएको बताए ।

शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको ‘बाबु कान्छा’को यस अघि सार्वजनिक चलचित्र ‘कर्णविर’ समावेश ‘चन्द्रमा झै राम्री’ बोलको रिमिक्स भर्सनलाई दर्शक तथा स्रोताले मन पराएका छन् ।

‘बाबु कान्छा’मा सलोन सगै नीर शाह, सरोज खनाल,करिष्मा श्रेष्ठ, राजाराम पौडेल,लय संगौला , ऋतिक शाही,सम्राट सापकोटा,मञ्जु पौडेल ,गीता अधिकारी, रामेश्वर रिजाल , शुशान्त श्रेष्ठ,बिक्रम कंडेल लगायतको अभिनय रहेको छ ।यस चलचित्र बाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछिन्।

 सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको ‘बाबु कान्छा’ मा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह(निर्माताको रुपमा रहेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी छ ।

चलचित्रमा अस्ट महर्जनको एक्शन,गौतम राज खड्काको सम्पादन ,टंक बुढाथोकी संगीत रहेको छ भने ओम सुनारले ‘कर्णवीरको चन्द्रमा झैं राम्री छौ’गीत लाई रिमिक्स गरेका हुन् । सलोनको बढ्दो क्रेजले यस फिल्मलाई ठूलो फाइदा पुग्ने फिल्मी पण्डितहरुको आँकलन छ । पछिल्लो रिलिज फिल्म "ए मेरो हजुर २" पछि उनको लोकप्रियता थप चुलिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै