2026-07-24 11:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्नातकोत्तर तहमा सार्वजनिक नीति विषयको पढाइ

असार १९, काठमाडौँ | नेपालमा पनि सार्वजनिक नीति विषयमा विश्वविद्यालय तहमा पढाइ हुने भएको छ । 

काठमाडौँ विश्वविद्यालयले सन् २०१९ को पहिलो महिनादेखि स्नाकोत्तर तहमा सो विषयमा पढाइ शुरु गर्न लागेको हो । मानविकी, व्यवस्थापन, कानूनलगायत विषय पनि सो विषयमा समावेश हुनेछन् । 

विशेषगरी सरकारका विषयगत मन्त्रालयलाई आवश्यक पर्ने नीति र नीतिलाई कार्यान्वयनमा ल्याउने विधि पनि समावेश हुने आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । 

काठमाडाँै विश्वविद्यालय र इन्स्टिच्युट फर इन्टरग्रेट डिभलपमेन्ट स्टडिज (आइआइडिएस)द्वारा संयुक्त रुपमा आयोजित सो कार्यक्रममा चार सेमेस्टरमा अध्यापन हुने सो विषयमा तालीम कक्षा पनि सञ्चालन हुने जनाइएको थियो । विकसित देशका विश्वविद्यालयमा सार्वजनिक नीतिको विषय अध्ययन अध्यापनमा उच्च प्राथमिकता दिइने गरिन्छ । 

सार्वजनिक नीतिलाई बलियो बनाउँदा लोकतन्त्र नै बलियो हुने विश्वास गरिन्छ । 

सांसद गगन थापाले नीति निर्माण तहमा सार्वजनिक नीतिको महत्वबारे जानकारी कम हुँदा यसको असर सुशासन र विकासमा परेको चर्चा गर्दै लोकतन्त्रलाई सुदृढ बनाउन सार्वजनिक नीतिलाई बलियो बनाउनुपर्छ भन्नुभयो । 

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्लेले केन्द्रमा बसेर जनताको आवश्यकताको मापन गर्न नसकिने हुँदा सरकारले सार्वजनिक चासोलाई समयमै सम्बोधन गर्न ध्यान दिनुपर्छ, यसका लागि सार्वजनिक नीति प्रभावकारी बनाउनुपर्छ भन्नुभयो । 

नेपालका लागि अमेरिकी राजदूत अलाइन वि टेप्लिजले नेपालले संघीयता कार्यान्वयनमा ल्याइरहेको अवस्थामा सार्वजनिक नीतिलाई स्थानीय तहसम्म बलियो बनाउन सुझाव दिँदै सेवाग्राहीले कुन सेवा कसरी, कहाँ प्राप्त गर्न सकिन्छ भन्ने जानकारीले स्थानीय सरकारको प्रभावकारिता अभिवृद्धि हुन जाने विश्वास व्यक्त गर्नुभयो । 

काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ कमाजु श्रेष्ठले सार्वजनिक नीतिको अध्ययनले दिगो विकासमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै योजना तर्जुमादेखि कार्यान्वयन र स्रोत साधन उपयोगमा बढी प्रभावकारिता देखिने चर्चा गर्नुभयो । 

आइआइडिएसका अध्यक्ष डा मोहनमान सैँजु, कार्यकारी निर्देशक डा विष्णुदेव पन्तले सार्वजनिक नीतिको अध्ययन अध्यापनले सुशासन प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक