2026-06-18 04:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के तपाइँले गर्भनिरोधक चक्की यसरी प्रयोग गर्दै हुनुहुन्छ ? सावधान! ज्यानै जान सक्छ

2018-07-04

टिप्स। यौनको विषयमा उदार र जागरुक बन्न थालेपछि नेपालमा गर्भनिरोधक चक्कीको प्रयोग बढेको छ । पछिल्लो समय पिल्स र निलोकनलाई गर्भनिरोधक चक्कीको रुपमा नेपाली महिलाले बढी मात्रामा प्रयोग गर्ने गरेको पाइन्छ । 

तर, गर्भनिरोधक चक्की खानु पहिला यसको बारेमा जानकारी लिन जरुरी रहेको चिकित्सकहरुले बताएका छन् । गर्भनिरोधक चक्कीको सही तरिकाले प्रयोग गर्दा फाइदा भएपनि गलत तरीकाले प्रयोग भएमा ज्यान समेत जान सक्छ |

पिल्स, निलोकन, डिपो प्रोभेरालगायत गर्भनिरोधकका अस्थाई साधन हुन । जुन २८ वटा चक्की रहेको हुन्छ । २१ दिनसम्म सेतो चक्की र त्यस पछि खैरो रंगको चक्की खानुपर्ने हुन्छ । 

गलत प्रयोग गर्दा ज्यान जान सक्छ

– गर्भनिरोधक खाने चक्कीको मुख्य काम भनेको गर्भ रहनको लागि अण्डा बन्न नदिनु हो । अण्डा बन्नलाई दबाउने काम खाने चक्कीले गरिरहेको हुन्छ ।

–यदी सम्बन्धित दम्पत्तिमा सन्तान जन्माउने चाहना छ भने चक्की खान छाडेको ३ महिना पछि अण्डा राम्रोसँग बन्छ । कसैको ६ महिनासम्म पनि लम्बिन सक्छ । 

–खाने चक्की यौनसम्पर्क भएको ४८ घण्टाभित्रमा खाइसक्नुपर्ने हुन्छ । यदी सो समयमा खाने चक्की खान बिर्सिए र ४८ घण्टा कटेपछि खाएमा चक्कीले काम गर्दैन । औषधि ढिला खाँदा बच्चा पाठेघरमा नभई ट्यूबमानै बस्ने सम्भावना हुन्छ । बच्चा बस्नु पर्ने ठाँउ पाठेघर तर त्यहाँ नबसेर ट्युबमा बस्दा पछि ट्युब फुट्ने सम्भावना हुन्छ । ट्युब फुटेको खण्डमा ब्लड धेरै बग्ने अनि आमाको ज्यानै पनि जान सक्छ । त्यसैले महिनावारी भएको ५ दिन पछि नियमित चक्की खान शुरु गर्नुपर्छ ।

– अनियमित ढङ्गले चक्की खाँदासमेत महिनावारीमा समस्या हुन्छ । एक महिनामा २ पटकसम्म महिनावारी हुने, रगत धेरै जाने, बच्चा बस्न गाह्रो हुने, पाठेघरमा बच्चा नबसेर गलत ठाउँमा बस्ने, जस्ता समस्याहरु समेत देखा पर्छ ।

औषधि खाँदा पनि बच्चा रहन सक्छ

 चक्की सेवन गरेको २८ दिनसम्म महिनावारी भएन भने चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ । खाने चक्की प्रयोग गर्नेको सङ्ख्या मध्ये ०.२३ प्रतिशतलाई औषधि खादा खादै पनि बच्चा बस्ने सम्भावना रहन्छ ।

खाने चक्की यदी नियमित सेवन गर्न सम्भव हुन्न भने गर्भनिरोधक अस्थाई साधनमध्ये कण्डम, कपर्टीजस्ता साधनहरु प्रयोग गर्नुपर्ने हुन्छ। यस्तै सन्तानको रहर पूरा भइसकेका दम्पतीले भने डिपो प्रयोग गर्नु राम्रो मानिन्छ ।

नवविवाहित जोडीले डिपो प्रयोग नगर्दा राम्रो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु