२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानसरोवरमा अलपत्र भारतीय पर्यटकको उद्धार

२०७५, २० असार बुधबार ०९:३१

असार २०, काठमाडौँ | सरकारले कैलाश मानसरोवर यात्रामा अलपत्र परेका केही भारतीय तीर्थयात्रीको हेलिकप्टरमार्फत प्रभावकारीरुपमा उद्धार भइरहेको जनाएको छ । 

संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रतिकूल मौसमका कारण उडान अवरोधका कारण उद्धारमा कठिनाइ भए पनि मंगलबारदेखि सबै संयन्त्र परिचालन गरेर प्रभावकारी रुपमा तीर्थयात्रीको उद्धार भइरहेको जनाएको हो । 

यही असार १७ र १८ गते उडान हुन नसकेका कारण तीर्थयात्रीलाई सम्बन्धित गन्तव्यमा ल्याउन कठिन भएको थियो । मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार ५५३ जना सिमिकोट र ३०० जना तीर्थयात्री हिल्सामा रहेका छन् । उनीहरुको आज पनि मौसमले साथ दिएकाले धमाधम उद्धार भइरहेको र भोलिसम्म सबै यात्रीको उद्धार गरिनेछ । 

भारतीय तीर्थ यात्रुको उद्धारमा स्थानीय प्रशासन, नेपाली सेना, नेपाल प्रहरी तथा तारा, सिम्रिक र समिट एयरका हेलिकप्टर खाटिएको प्रवक्ता उपाध्यायले बताउनुभयो । 

कैलाश मानसरोबरमा लेक लाग्ने समस्याका कारण तीनजना र बाटोमा फर्कने क्रममा चार गरी जम्मा सात जनाको मृत्यु भएको पनि पर्यटन मन्त्रालयले जानकारी दिएको छ । 

प्रत्येक वर्ष कैलास मानसरोवरमा लेक लागेर भारतीय तीर्थयात्रीको मृत्यु हुने गरेको छ । गतवर्ष २१ जनाको मृत्युभएको थियो । प्रवक्ता उपाध्यायले अलपत्र परेका यात्रीको उद्धारका लागि मन्त्रालयको समन्वयमा सबै संयन्त्रलाई प्रभावकारी रुपमा परिचालन गरिएको बताउनुभयो । 

उहाँले उडान नहँुदा अलपत्र परेका भनिएका तीर्थयात्रीलाई होटलमा बस्न खान कुनै समस्या नरहेको पनि स्पष्ट पार्नुभयो । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले मंगलबार ट्वीट गर्दै १६० जना तीर्थयात्रीलाई हेलिकप्टरमार्फत नेपालगञ्ज ल्याइएको जानकारी दिनुभएको थियो । 

दुई सय ५० जनालाई हिल्साबाट सिमिकोट ल्याइएको छ । मन्त्री अधिकारीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई उल्लेख गरेर लेखेको उक्त ट्वीटमा तीर्थयात्रीको मंगलबार र बुधबार होलिकोप्टरमार्फत उद्धार हुने जानकारी दिनुभएको थियो । 

आज मन्त्रालयको समन्वयमा यात्रीको प्रभावकारी उद्धार भइरहेको छ । मौसमले पनि साथ दिएका कारण धेरै तीर्थयात्रीलाई आज सुरक्षित गन्तव्यमा पु¥याइने बताइएको छ । अबिरल वर्षाका कारण कैलाश मानसरोवरको यात्रामा गएका करिब एक हजार ६०० भारतीय तीर्थयात्री अलपत्र परेको जनाइएको छ । 

हुम्ला र हिल्साबाट तीर्थयात्री नेपालगञ्ज ल्याउने क्रम शुरु 

वर्षाका कारण हिमाली जिल्लामा उडान अवरुद्ध हुँदा हुम्लाको सिमिकोट विमानस्थल र नेपाल–तिब्बत सीमा नाका हिल्सामा अलपत्र परेका कैलाश मानसरोबरका भारतीय तीर्थ यात्रुलाई नेपालगञ्ज ल्याउने क्रम शुरु भएको छ । 

हिजोबाट जहाजको उडान नियमित भएपछि हुम्लाको सिमिकोट र हिल्सा क्षेत्रबाट भारतीय तीर्थयात्रुलाई नेपालगञ्ज ल्याउन थालिएको नागरिक उड्डयन कार्यालय, नेपालगञ्जका सूचना अधिकारी कृष्ण गौतमले बताउनुभयो । 

‘हिजो तीनवटा उडान र आज बिहानैदेखि भइरहेको उडानबाट भारतीय तीर्थयात्रुलाई नेपालगञ्ज ल्याउने क्रम जारी छ’—सूचना अधिकारी गौतमले भन्नुभयो । नेपाल—तिब्बत सीमा क्षेत्रमा रहेकालाई हेलिकप्टरबाट हुम्लासम्म र हुम्लाको सिमिकोट विमानस्थलबाट नेपालगञ्ज ल्याउन थालिएको छ । 

हुम्लाबाट भारतीय तीर्थयात्रुलाई नेपालगञ्ज ल्याउन समिट, सीता र तारा एयरलाइन्सको दैनिक १०÷१२ उडान हुने र एक उडानमा १४ जनालाई ल्याउन सकिने सूचना अधिकरी गौतमले जानकारी गराउनुभयो । 

हिजो सिमिकोटबाट करिब १५० भारतीय तीर्थयात्रुलाई नेपालगञ्ज फर्काइएको र उहाँहरुको बसोवासको उचित प्रबन्धसमेत मिलाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताउनुभयो । 

‘भारतीय तीर्थयात्रुलाई केही अप्ठेरो परेको छ भने स्थानीय प्रशाशन, प्रहरी र आप्mनो ट्राभल एजेन्सीमा सम्पर्क राख्न पनि हामीले आग्रह गरेका छौं’—प्रजिअ केसीले भन्नुभयो । 

नागरिक उड्डयन कार्यालय नेपालगञ्जका सूचना अधिकारी गौतमका अनुसार हुम्लामा करीब ५०० को भारतीय तीर्थयात्रु भएकोमा हिजो १५० र आज पनि त्यसकै हाराहारीमा ल्याइने बताइएको छ । नेपालगञ्ज आइसकेका भारतीय तीर्थयात्रुलाई नेपालगञ्जबाट काठमाडौँ उडान भर्न भने कुनै समस्या नभएको प्रजिअ केसीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता