Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनताको अधिकार विपरित निषेधाज्ञा जारी: संयोजक भट्टराई

२०७५, २० असार बुधबार ११:३५

असार २०, काठमाडौँ | नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले विरोध गर्न पाउने जनताको अधिकार विपरित सरकारले विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको भन्दै त्यसको विरोध गर्नुभएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर बोल्दै उहाँले कम्युनिष्ट नेतृत्वको बहुमतको सरकारले लोकतान्त्रिक समाजवाद उन्मुख विरोधी गतिविधि देखाउनु चिन्ताको विषय भएको धारणा व्यक्त गर्नुभयो । 

डा भट्टराईले भन्नुभयो, “लोकतन्त्रका सामान्य मूल्य मान्यता विपरित आधिकारका लागि धर्ना विरोध गर्न नपाउने गरी विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ, यो लोकतन्त्रलाई सङ्कुचित गर्ने काम हो ।” 

शिक्षा र स्वास्थ्य कहिलै पनि मुनाफाको विषय हुन नसक्ने उल्लेख गर्दै उहाँले राज्यले सबै जनतालाई सर्वसुलभ शिक्षा र स्वास्थ्यको प्रत्याभूत दिलाउपर्नेमा जोड दिनुभयो । 

संयोजक भट्टराईले वर्षाका कारण मुलुकभर बाढी, पहिरो र डुबानका घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै उद्धार तथा राहत र क्षति न्यूनीकरणमा सरकारले सक्रियता देखाउनुपर्ने खाँचो औंल्याउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली