Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड नेपाली क्रान्तिका खलनायकः किरण

२०७५, २० असार बुधबार १७:३३

असार २०, काठमाडौं । पूर्वजनमुक्ति सेनालाई राधानीमा अभिनन्दन गरिएको छ । ‘जनक्रान्तिका महान् सहिद परिवार समाज नेपाल’को बुधबार संवाद डबलीमा शहिद तथा बेपत्ता परिवार र पूर्वजनमुक्ति सेना सम्मान गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले प्रचण्ड–केपी नेतृत्वको (नेकपा) कम्युनिस्ट नभएको बताएका छन् । 

जनताको बलिदानमा टेकेर अहिले दलाल संसदीय व्यवस्थामा डुबेको बताउँदै क्रान्ति सम्पन्न गर्न असल कम्युनिस्टहरु एकजुट हुनुपर्ने बताए । प्रचण्ड नेपाली जनताको क्रान्ति र परिवर्तनको लडाईँमा खलनायक बनेर देखा भएको उनको भनाई छ ।

पूर्वजनमुक्ति सेनालाई संगठित बनाएर क्रान्तिको लागि आधार तयार पार्नुको विकल्प नरहेको बताउँदै जनमुक्ति सेनाको सामथ्र्य र इतिहास देखेर सरकार आतंकित भएको बताए । महासचिव किरणले जनयुद्धमा भएको जनमुक्ति सेनाको योगदान कहिल्यै भुल्न नहुने र थप सशक्त बनाउनुपर्नेमा जोड दिए । जनयुद्धका सहिद र बेपत्ता योद्धाको सपना पूरा गर्ने दायित्व आफूहरुमाथि आएको उनको भनाई छ ।


नेकपा (माओवादी केन्द्र) संयोजक गोपाल किराँतीले अहिलेको दलाल सरकारले नै पूर्वजनमुक्ति सेनालाई सक्रिय र संगठित हुने वातावरण बनाइरहेको बताए । देशबाट सामन्ती शासन र तानाशाही व्यवस्था भत्काउन जनयुद्धमा सहिद र बेपत्ता योद्धाले बलिदान र त्याग गरेको स्मरण गराउँदै सहिद र बेपत्ताको सपनामाथि प्रचण्डले धोका दिएको बताए । अब देशमा क्रान्ति उठ्ने महासचिव किराँतीको धारणा छ । हरेक समूदाय राज्यका अधिकारको दृष्टिकोले सबैतिर पछाडि पारिएको भन्दै संघर्षमा जानुको विकल्प नरहेको बताए ।

जनक्रान्तिका महान शहिद परिवार समाज नेपालका केन्द्रीय संयोजक कर्णजति बुढाथोकी ‘सुशिल’ ले सरकारले जनयुद्ध लडेर देशबाट सामन्ती राजतन्त्र फाल्न सफल पूर्वजनमुक्ति सेनाको योगदानलाई सम्मान गर्न अभिनन्दन कार्यक्रमले सहयोग पुर्याउने बताए । 

देशमा बढ्दै गइरहेको अराजक्ता र राष्ट्रघातका कारण पूर्वजनमुक्ति सेनाको काँधमा नयाँ जिम्मेवार थपेको बताए । जिम्मेवारी पूरा गर्न नेकपा –माओवादी केन्द्र) सदैव तयार रहेको र संगठित बनाउने काम तीव्रता बढिरहेको बताए । 

प्रचण्ड–ओली दलाल संसदीय व्यवस्थामा फसेको र नेपाली कांग्रेस जिर्ण बनेको बेला नयाँ क्रान्तिकारी शक्तिले जनताको सत्ता सम्हाल्नुपर्ने बेला आइसकेको उनको भनाई थियो । 

कार्यक्रममा राजन बुढाथोकी, रिमा, कार्मा, पेमा लामा, जटिल कार्कीलगायत  सहिद परिवार र पूर्वजनमुक्ति सेना गरी पाँच दर्जनलाई सम्मान अभिनन्दन गरिएको थियो । उनीहरुले जनयुद्धको नेतृत्वका गद्दारीका कारण अधुरो जनयुद्धलाई सम्पन्न गर्न जस्तोसुकै भूमिका निर्वाह तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली