१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड नेपाली क्रान्तिका खलनायकः किरण

२० असार २०७५, बुधबार १७:३३

असार २०, काठमाडौं । पूर्वजनमुक्ति सेनालाई राधानीमा अभिनन्दन गरिएको छ । ‘जनक्रान्तिका महान् सहिद परिवार समाज नेपाल’को बुधबार संवाद डबलीमा शहिद तथा बेपत्ता परिवार र पूर्वजनमुक्ति सेना सम्मान गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले प्रचण्ड–केपी नेतृत्वको (नेकपा) कम्युनिस्ट नभएको बताएका छन् । 

जनताको बलिदानमा टेकेर अहिले दलाल संसदीय व्यवस्थामा डुबेको बताउँदै क्रान्ति सम्पन्न गर्न असल कम्युनिस्टहरु एकजुट हुनुपर्ने बताए । प्रचण्ड नेपाली जनताको क्रान्ति र परिवर्तनको लडाईँमा खलनायक बनेर देखा भएको उनको भनाई छ ।

पूर्वजनमुक्ति सेनालाई संगठित बनाएर क्रान्तिको लागि आधार तयार पार्नुको विकल्प नरहेको बताउँदै जनमुक्ति सेनाको सामथ्र्य र इतिहास देखेर सरकार आतंकित भएको बताए । महासचिव किरणले जनयुद्धमा भएको जनमुक्ति सेनाको योगदान कहिल्यै भुल्न नहुने र थप सशक्त बनाउनुपर्नेमा जोड दिए । जनयुद्धका सहिद र बेपत्ता योद्धाको सपना पूरा गर्ने दायित्व आफूहरुमाथि आएको उनको भनाई छ ।


नेकपा (माओवादी केन्द्र) संयोजक गोपाल किराँतीले अहिलेको दलाल सरकारले नै पूर्वजनमुक्ति सेनालाई सक्रिय र संगठित हुने वातावरण बनाइरहेको बताए । देशबाट सामन्ती शासन र तानाशाही व्यवस्था भत्काउन जनयुद्धमा सहिद र बेपत्ता योद्धाले बलिदान र त्याग गरेको स्मरण गराउँदै सहिद र बेपत्ताको सपनामाथि प्रचण्डले धोका दिएको बताए । अब देशमा क्रान्ति उठ्ने महासचिव किराँतीको धारणा छ । हरेक समूदाय राज्यका अधिकारको दृष्टिकोले सबैतिर पछाडि पारिएको भन्दै संघर्षमा जानुको विकल्प नरहेको बताए ।

जनक्रान्तिका महान शहिद परिवार समाज नेपालका केन्द्रीय संयोजक कर्णजति बुढाथोकी ‘सुशिल’ ले सरकारले जनयुद्ध लडेर देशबाट सामन्ती राजतन्त्र फाल्न सफल पूर्वजनमुक्ति सेनाको योगदानलाई सम्मान गर्न अभिनन्दन कार्यक्रमले सहयोग पुर्याउने बताए । 

देशमा बढ्दै गइरहेको अराजक्ता र राष्ट्रघातका कारण पूर्वजनमुक्ति सेनाको काँधमा नयाँ जिम्मेवार थपेको बताए । जिम्मेवारी पूरा गर्न नेकपा –माओवादी केन्द्र) सदैव तयार रहेको र संगठित बनाउने काम तीव्रता बढिरहेको बताए । 

प्रचण्ड–ओली दलाल संसदीय व्यवस्थामा फसेको र नेपाली कांग्रेस जिर्ण बनेको बेला नयाँ क्रान्तिकारी शक्तिले जनताको सत्ता सम्हाल्नुपर्ने बेला आइसकेको उनको भनाई थियो । 

कार्यक्रममा राजन बुढाथोकी, रिमा, कार्मा, पेमा लामा, जटिल कार्कीलगायत  सहिद परिवार र पूर्वजनमुक्ति सेना गरी पाँच दर्जनलाई सम्मान अभिनन्दन गरिएको थियो । उनीहरुले जनयुद्धको नेतृत्वका गद्दारीका कारण अधुरो जनयुद्धलाई सम्पन्न गर्न जस्तोसुकै भूमिका निर्वाह तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन