२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

पशु कार्यालयद्धारा अनुगमन, बिना दर्ताको मासु पसल संचालन भेटियो

२०७५, २१ असार बिहीबार ०३:११

राम नारायण पंडित | असार २१, सिरहा | मिर्चैयामा संचालित मासु पसल, दुध डेरी उद्योग, बाख्रापालन र गाईपालन फर्मलाई अनुगमन गरिएको छ । मिर्चैया नगरपालिका अन्तर्गत रहेका पशु सेवा कार्यालयले (बुधबार) अनुगमन गर्दा मिर्चैयामा मासु पसलहरु बिना दर्ताको संचालनमा रहेको पाईएको छ । अनुगमनका क्रममा मासु पसलहरु मापदण्ड बिपरित संचालनमा रहेको र फोहोर देखिएकोले पहिलो पटक सचेत गराई छाडिएको पशु सेवा कार्यालय मिर्चैयाका प्रमुख नागेश्बर हाथीले बताए । 

मिर्चैयामा संचालित रहेका दुध डेरी उद्योग पुर्ण रुपले सफा नरहेको र दहीलाई गुलियो बनाउन स्वास्थ्यका लागि हानीकारण हुने केमिकल प्रयोग गर्ने गरेको देखिएकोले उक्त केमिकल जफत गरिएको अनुगमन टोलीका नेतृत्बकर्ता तथा मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबले जानकारी दिए । मिर्चैयाको थाना चौक र बजार एरियामा संचालित डेरीबाट केमिकल जफत गरिएको मेयर यादबले बताए । 


टोलीले मिर्चैया नगरपालिका बडा नं. ७ मा संचालित बाख्रा र गाई फर्मलाई समेत अनुगमन गरेका छन् । फर्महरु व्यबस्थित रुपमा संचालनमा रहेको   अनुगमन टोलीको भनाई रहेको छ । 

अनुगमनको क्रममा विना दर्ता मासु पसल सञ्चालन भएको, पसलमा फ्रिज नराखिएको, खुल्ला ठाउँमा राखेर मासु विक्री गर्ने गरेको, मासु विक्रेताको हातमा पञ्जा र मुखमा माक्स नभएको, मापदण्ड अनुसारको उपकरणको प्रयोग नभएको,  सिसा नहुदाँ धुलो मासुमा पुगेको देखिएकोले पहिलो पटक सचेत गराई फेरी अनुगमनको क्रममा पाईयो भने कानुन बमोजिम कार्बाही गर्नेे मिर्चैैया नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडलले बताए ।


अनुगमन टोलीमा नगरपालिकाका मेयर श्रबण कुमार यादब, प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेल, पशु सेवा केन्द्र मिर्चैयाका प्रमुख नागेश्बर हाथी, प्राबिधिक जुगेश्वर साह, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रतिनिधि उत्तम कार्की, संचारकर्मी लगायतका रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला