एजेन्सी । धेरै पुरुषहरु महिलाहरुलाई कसरी आकर्षित पार्ने भनेर सोचिरहेको हुन्छ । तर उनीहरुलाई सहि तरिकाहरु थाहा नहुन पनि सक्छ । महिलाहरुले कस्ता गुण भएका पुरुषहरुलाई मन पराउछन भन्ने विषयमा धेरैजसो पुरुषहरुले ध्यान दिएको पाइन्छ । महिलाको नजरमा पर्न र मन जित्नका लागि हरेक खालका प्रयास गरिरहेका हुन्छन् पुरुषहरु ।

यही विषयलाई ध्यान दिएर वैज्ञानिकको टोलिले महिलाहरुले पुरुषमा चाहने गुणका बारेमा अनुसन्धान गरेका छन् ।अनुसन्धानबाट बैज्ञानिकहरुले पुरुषबाट महिलाले चाहने १०गुण पत्ता लगाउन सफल भएका छन् । उक्त अध्ययनमा वास्तविक जीवनमा पुरुषबाट आश गर्ने व्यवहारलाई ध्यान दिएर अध्ययन गरिएको थियो । यस्तो छ पुरुषका १० गुण जसले महिलालाई हुरुक्कै पार्ने गर्दछ ।

१. दीर्घकालिन सम्बन्ध वा विवाह नै गर्ने महिलाहरु पुरुषको गुड लुक्सलाई खासै महत्व दिदैनन् । छोटो सम्बन्ध राख्न चाहने केटीहरु मात्रै सुन्दरतामा ध्यान दिन्छन् ।

२. हसाउने खालका र बुद्धिमान पुरुषलाई महिलाहरुले बढी महत्व दिन्छन् । सेन्स अफ ह्युमर भएका पुरुषहरु जीवनमा आए भने जिन्दगी रमाइलो हुने र हासिखेली जीवन विताउन पाइने महिलाहरुको धाराणा रहेको हुन्छ ।

३. नरम हृदय भएको र परोपकारी काम गर्न तत्पर हुने पुरुषप्रति महिलाहरु निकै आकर्षित हुन्छन् ।

४. आफ्नो उमेरभन्दा केही बढी उमेरको पुरुषसँग बैवाहिक सम्वन्ध कामय गर्न महिलाहरु बढी रुचाउछन् । आफूभन्दा केही बढी उमेरका पुरुष भएमा उनीहरु धेरैजसो काममा अनुभवी हुने उनीहरुको विश्वास छ ।

५. मिलेको दाह्री र जुँगा भएका पुरुषसँग महिलाहरु एकदमै आकर्षित हुने गर्दछ ।

६. जे कुरामा पनि सहमति जनाउने खालका पुरुषलाई धेरैजसो महिलाले रुचाउँदैनन् । सजिलैसँग उपलब्ध नहुने, कहिलेकाही अटेरी गर्ने पुरुषको स्वभावले पनि महिलालाई आकर्षित नै गर्ने गर्छ ।

७.जो पुरुष जनावरहरुसँग खेल्न रुचाउछन् त्यस्ता पुरुषहरुलाई महिलाहरुले असल प्रेमीको रुपमा लिएको हुन्छ ।

८.रातो रङ मिसिएको पोषाक मन पराउने पुरुषहरुप्रति महिलाहरु आकर्षित हुने गर्दछ

९. समस्यामा परेकाहरुलाई उद्धार गर्न तयार रहने र साहसिक काम गर्न रुचाउने पुरुषहरु महिलालाई मन पराउछन् ।

१०.लवाई खवाई र सम्पन्न व्यवहार देखिने पुरुषहरु महिलाको विशेष रोजाईमा पर्ने गर्दछ ।