८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजार: अर्ब बढीको कारोबार

२३ असार २०७५, शनिबार ११:१०

असार २३, काठमाडौँ | धितोपत्र बजारमा यस साता रु एक अर्ब ३३ करोड ७३ लाख ३३ हजार बराबरको शेयर कारोबार भएको छ । 

नेपाल स्टक एक्सचेन्जकाअनुसार कूल १८४ कम्पनीको ४२ लाख ५४ हजार पाँच सय ५० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २८ दशमलव ३९ प्रतिशत बढी हो । 

गत साता १८६ कम्पनीको ३६ लाख ७९ हजार छ सय कित्ता शेयर रु एक अर्ब चार करोड १६ लाख २३ हजारमा खरिद बिक्री भएका थिए । 

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३९ दशमलव ८८ अंकले बढेर अन्तिम दिन एक हजार २२४ दशमलव ४१ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा आठ दशमलव ३४ अंकले बढेर २५७ दशमलव ४६ अंकमा आइपुगेको छ । 

यस साता कारोबार रकमको आधारमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा छ । सो बैंकको रु सात करोड ४२ लाख ३० हजार बराबरको शेयर कारोबार भएको छ । यस्तै कारोबार भएको शेयर संख्याका आधारमा प्राइम कमर्सियल बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको एक लाख ५५ हजार कित्ता शेयर कारोबार भएको छ । 

यससाता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋण पत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । 

विभिन्न ६ कम्पनीका शेयर सूचीकृत 

यस साता विभिन्न ६ कम्पनीका शेयर स्टकमा सूचीकृत भएका छन् । त्यसमा ओम डेभलपमेन्ट बैंकको ३७ लाख ८१ हजार ७३ कित्ता बोनस, सूर्योदय लघुवित्तको दुई लाख ८० हजार कित्ता हकप्रद, देवः विकास बैंकको ६५ लाख ३३ हजार १०८ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । 

यस्तै मञ्जुश्री फाइनान्सको तीन लाख ६२ हजार १९० कित्ता हकप्रद र कर्णली डेभलपमेन्ट बैंकको एक लाख २० हजार ८०० कित्ता बोनस र आरएमडीसी लघुवित्तको तीन लाख ४६ हजार ६० कित्ता बोनस शेयर सूचीकृत भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति रवि लामिछानेको म्याद थपबारेको बहस सकियो ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न राष्ट्र संघको सहयोग जरुरी सलमान खानलाई धम्की दिने पक्राउ : ५ करोड भारु फिरौती माग्ने झारखण्डमा तरकारी बेच्थे विराज भट्टको ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा, दुई हप्तामा कति कमायाे ? रवि र छवीलाई अदालतमा उपस्थित गराइयो रास्वपाको आज पोखरामा अन्तिम प्रदर्शन, अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने आज घट्यो सुनचाँदीको मूल्य तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध विपद् व्यवस्थापनमा विश्व बैंकले नेपाल सरकारलाई १५० मिलियन डलर ऋण दिने रवि लामिछाने र छविलाल जोशीलाई म्याद थपका लागि एकसाथ अदालतमा पेस गरिँदै नेपाल जापानसँग ९–२ गोल अन्तरले पराजित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै इरानमाथिको आक्रमणले विश्वलाई इजरायलको हैसियत देखाउने रक्षामन्त्री गालान्टको दाबी च्याम्पियन्स लिगमा बार्यन म्युनिखविरुद्ध बार्सिलोनाको शानदार जित मौसम पूर्वानुमान: पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई