२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

९० बर्षकी बृद्धालाई घरबाट निकाल्नेले आश्रय दिनेलाई कुटे

२०७५, २५ असार सोमबार ०३:५६

लीलानाथ घिमिरे | असार २५, काठमाडौं | सबै सम्पत्ति हत्याएर ९० बर्षकी बृद्धालाई घरबाट निकाल्ने एक दम्पत्तिले ती बृद्धालाई आश्रय दिनेलाई समेत छोराछोरीलगाएर कुटपिट गरेका छन् । झापाकी बृद्धा रमा उप्रेतीलाई आश्रय दिएकी  सुजाता उप्रेतीलाई ललितपुरको इमाडोल बस्दै आएका ढलौट कम्पनीका महाप्रबन्धक डा. तारानाथ मैनाली र इश्वरी मैनाली दम्पत्तिले छोराछोरी पठाएर कुटपिट गराएका हुन् ।

बुढ्यौली अबस्थामा छोरीज्वाईंले घरबाट निकालीदिएपछि रमा नातिनी सुजाताकहाँ आश्रय लिएर बस्दै आएकी थिइन् । सुजाताको सरस्वतीनगरमा डेरा छ । सामान्य चस्मा पसलमा काम गर्ने उनी दुइ छोरासहित सामान्य कमाइले गुजारा गर्दै आएकी छन् । बुढ्यौलीले अनुहारमा चाउरीका मुजैमुजा परेकी रमालाई छोरी इश्वरी र ज्वाईं तारानाथले सम्पत्ति हत्याएपछि घरमा निकालि दिएपछि सुजाताले आश्रय दिएकी थिइन् । मैनाली दम्पत्तिका छोराछोरी सयुज र स्वेच्छाले सुजातालाई उनकै डेरामा आएर कुटपिट गरेका हुन् ।

माथिको तश्विरमा: कुटाई खाने सुजाता उप्रेती (बायाँ), पिडित ९० बर्षिया रमा उप्रेती (दायाँ) 

रमाले बुढ्यौली अबस्थामा ज्वाईंछोरीले अन्याय गरेको कुरा पत्रकारहरुलाई बताएपछि विभिन्न सन्चारमाध्यममा त्यसले स्थान पाएको थियो । समाचार भाइरल भएपछि मैनाली दम्पत्तिले आफ्नो बेइज्जत गरेको भन्दै सुजातालाई कुटपिट गरेका हुन् । ‘उनीहरु हजुरआमालाई घर लौजाने भनेर आए, हजुरआमाले मान्नु भएन,’ सुजाताले भनिन्, ‘त्यसपछि तिमीहरुले हाम्रो सम्पत्ति खान हजुरआमालाई उकासेका हौ भनेर मलाई घिसार्दै पिटे ।’ 

उनको निधारलगायत शरीरका विभिन्न भागमा चोट छ । उनलाई उपचारका लागि ओम हस्पिटलमा भर्ना गरिएको छ । प्रहरीले कुटपिट गर्नेलाई पक्राउ गरेको छ ।  

मुखमा दाँत नभएर भातसमेत सिलौटामा पिसेर खानु पर्ने अबस्थाकी रमालाई रमालाई सहारा दिनुको साटो कुरा आफ्नै छोरीले सम्पत्ति सबै हत्याएर घरबाट खेदेकी थिइन् । जन्मना साथ बाबु गुमाएकी इश्वरीलाई हुकाईं, बढाइ, कमाउने बनाएकी रमा आफ्नै शिक्षिका छोरीले कब्जामा पारेको सम्पत्ति फिर्ता पाउन विभिन्न संघसंस्थाको कार्यालय धाइरहेकी छन् । 


रमा अहिले ९० बर्षे बृद्ध उमेरमा लौरो टेकेर आफ्नै छोरीज्वाईंले गरेको अन्याय सवैलाई सुनाउँदै हिँडिरहेकी छन् । उनका ५ छोरी र एक छोरा छन् । उनका नातीनातिना र पनाती पनातिनी जोड्दा ५० जना नाघ्छन् ।

रमाका छोरा श्रीमती लिएर सानैमा घरबाट निस्किए । अरु छोरीहरु हुर्केपछि बिहा गरेर पठाइन् । कान्छी छोरी ७ महिनाको गर्भमा हुँदा श्रीमान् विते । जन्मदै बाबु नदेखेकी इश्वरीलाई रमाले सारै दुख गरेर हुर्काइन् । बिहा गरेर दिए पनि छोरी इश्वरी आमाकै घरमा बस्थिन् । उनी त्यहाँको विद्यालयमा शिक्षक थिइन् । ज्वाईं डा. तारानाथ मैनाली पाटन औद्योगिक क्षेत्रमा रहेको ढलौट कम्पनीका महाप्रबन्धक थिए । साथमा छोरी हुने भएकाले उनैले बुढेसकालमा आफ्नो हेरचाह गर्लिन्, पाल्लिन भनेर रमाले आफ्नो भएको सबै चल अचल सम्पत्ति छोरीका नाममा गरिदिइन् ।

इश्वरीका छोराछोरी जन्मेपछि स्याहार्न रमा काठमाडौं आइन् । नातिनातिना हुर्काइन् । तत्कालीन मन्त्री राधाकृष्ण मैनालीलाई भनेर उनले छोरीको सरुवा काठमाडौं गराइन् ।  छोरी काठमाडौं आउँदा आमाले दिएको सबै श्रीसम्पत्ति छोरीले बेचेर ल्याइन् । त्यही पैसाले उनले काठमाडौंको इमाडोलमा एक रोपनीभन्दा बढी जग्गा किनेर ६ तल्ले घर बनाइन् ।

छोराछोरी हुर्काउन्जेलमात्र इश्वरीलाई आमा चाहिएको रहेछ । उनले आमालाई देख्न सक्दै छाडिन् । ‘आजै निस्केर जा, भोली नै निस्केर जा भन्न थालि,’ रमाले भक्कानिदै सुनाइ्, ‘ज्वाईंले पनि तेरो केही छैन भनेर निस्किन भन्नु भयो ।’ 

रमासँग उनकी छोरी बोल्न छाडेको १६ बर्ष भयो । ‘घरमा हुँदा आँखामात्रै तर्थी,’ रमाले भनिन्, ‘मेरो जाने ठाउँ थिएन । आँशु पिएर त्यही घरमा बसेँ । अब अति भएकाले घर छाड्न बाद्य भएको हुँ ।’ उनलाई घरमा हुँदा छोरीले पानीसमेत ताल्चा लगाएर हिँड्थिन् । कैयौं पटक उनका लुगाफाटालगायतका सामान छोरीले फ्याँकिदिइन् । तिनैलाई समेटेर उनी रात विताउन छिँडिमा पुग्थिन् । कैंयौं रात छिँडिमा काटेको रमाले पीडा सुनाइन् । 

रमाले सरकारले दिने बृद्धभत्ता समेत पाएकी छैनन् । उनको बृद्धभत्ता पाउने कागजात ज्वाइँछोरीले कब्जामा राखेका छन् । ‘बृद्ध भत्ता माग्दा किन चाहियो भन्छन्,’ उनले भनिन्, ‘सरकारले दिएको रकमसमेत आफू खुशी खर्च गर्न पाउँदिन ।’

रमाको पीडा सुन्दा जोसुकैको आँखा रसाउँछन् । आफ्नै सन्तानले आफूलाई जन्म दिने आमालाई यतिसम्म गर्न सक्छन् भनेर मानवता भएको मानिसले कल्पनै गर्न सक्दैन ।

रमाले इश्वरीलाई झापामा दिएको घरजग्गाको मूल्य अहिले १ करोडभन्दा बढी पर्छ । त्यत्रो सम्पत्तिकी मालिक रमा अहिले विहानबेलुकाको छाक टार्न हात पसार्नु पर्ने अबस्थामा पुगेकी छन् । सासुको सम्पत्ति हत्याउने तारानाथ मैनालीले झापामा रहेको घरजग्गा पहिले ऐलानी रहेको र पछि आफ्नै श्रीमतीका नाममा दर्ता भएकाले बेचर ल्याएको स्वीकारे । रमाले आफ्नो ऐलानी जग्गामा बनेको घरसहित छोरीको नाममा दर्ता गराइदिएकी थिइन् । अहिले तारानाथको परिवारले उक्त सम्पत्ति आफ्नो भएको दावी गरेका छन् । 

आमाको सम्पत्ति हत्याएर आमालाई घरबाट निकाल्ने छोरी इश्वरी राजधानीको बालुवाटारस्थित एक सरकारी विद्यालयकी शिक्षिका हुन् । उनलाई दुब्यवहार गर्ने ज्वाईं तारानाथ मैलालीले धर्मशास्त्रमा विद्याबारिधि गरेका छन् ।  

रमाले आफ्नो सम्पत्ति फिर्ता गरिदिन मैनाली समाजमा समेत निवेदन दिएकी छन् । उनको निवेदनको खासै सुनुवाइ भएको छैन । अन्य निकायमा गएर न्याइ पाइने कुरा रमालाई जानकारी छैन । रमा न्याय दिलाइदिने निकायको खोजीमा छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता