२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रदेश ४ को नाम ‘गण्डकी’ राखेकोमा माओवादी केन्द्रद्वारा आपत्ति सहित बन्दमा ऐक्यबद्धता

२०७५, २५ असार सोमबार ०४:५८

असार २५, काठमाडौँ | प्रदेश ४ को नाम 'गण्डकी' राखेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले बिरोध सहितको बिज्ञप्ति निकालेको छ । ने.क.पा.(माओवादी केन्द्र) का उपाध्यक्ष तथा प्रदेश नं. ४ का इन्चार्ज भविसोर पराजुलीले प्रदेश नं. ४ को नाम गण्डकी प्रदेश राखेकोमा गम्भीर आपत्ति जनाउँदै विज्ञप्ती जारी गरिएको बताएका छन् । 

जारी प्रेस विज्ञप्तीमा गण्डकी प्रदेश नाम राख्दा पहिचाहन सहितको संघियता माथि कुठारघात भएको उल्लेख छ । बिज्ञप्तिमा माओवादी आन्दोलनले लामो समयदेखि उठाउँदै आएको पहिचाहन सहितको संघियतालाई 'गण्डकी' नाम राख्नुले गम्भीर प्रहार गरेको भन्दै प्रदेशको नाम गण्डकी प्रदेश मात्र राख्नु पञ्चायती राज्यको संरचनालाई निरन्तरता रहेको उल्लेख छ । 

विज्ञप्तीमा प्रदेश सरकारले गरेको निर्णय फिर्ता गरी प्रदेश नं. ४ लाई ऐतिहासिक मानव सभ्यता र भूगोलको आधारमा 'तमुवान गण्डकी' प्रदेश नामाकरण गर्न माग गरिएको छ । बिज्ञप्तिमा भनिएको छ – 'यदि प्रदेश सरकारले यसो नगरे हाम्रो महान् तथा गौरबशाली पार्टी नेकपा (माओवादी केन्द्र) लाई मान्य नहुने र पहिचान सहितको संघियताको पक्षमा आन्दोलन थप कडा आन्दोलन गर्ने प्रतिवद्धता व्यक्त गर्छौं ।' 

तमुवान मगरात संघर्ष समिति र नेपाल आदिवासी जनजाति महासंघले पनि गण्डकी प्रदेशलाई तमुवान मगरात प्रदेश नाम राख्नुपर्ने मागसहित गण्डकी बन्द आव्हान गरेको छ । जसको कारण पोखरामा आज बिहानै देखि बन्द छ । बन्दका कारण बिहानैदेखि सार्वजनिक यातायात सेवा पूर्णरुपमा ठप्प छ भने शैक्षिक संस्थामा पठनपाठन हुन सकेको छैन । 

यसै बिषयमा जानकारी दिंदै माओवादी केन्द्रका उपाध्यक्ष भविसोर पराजुलीले आज तमुवान मगरात संघर्ष समिति र आदिवासी जनजाती महासंघले पहिचाहन सहितको सघियताका लागि गरेको ४ नं. प्रदेश बन्द प्रति  ऐक्वेवद्धता जाहेर गरेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी